
- चिरफार डटकम, विराटनगर ५०३ पटक हेरिएको
आइतबार, माघ १३, २०८१ समय : १६:०५:०७ , ३ हप्ता अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार विराट एक्स्पोको अवलोकन गरेका छन् । शनिबारदेखि सुरु भएको विराट एक्स्पोको दोस्रो दिन मुख्यमन्त्री कार्कीले एक्स्पोको अवलोकन गरेको हो ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाधयक्ष एवं विराट एक्स्पो सयाेजक भोलेश्वर दुलालले मुख्यमन्त्री कार्कीलाई विराट एक्स्पोमा रहेका २ सय ६८ स्टलको अवलोकन गराएका थिए । मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुबेदीले समेत मुख्यमन्त्री कार्की सँग विराट एक्स्पोको अवलोकन गरेका थिए । मुख्यमन्त्री कार्कीले विराट एक्स्पोको अवलोकन गर्दै घरका लागि चाहिने अति आवश्यक सामग्री खरिद गरेका थिए ।
उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा आठौँ संस्करणको विराट एक्स्पोको आयोजना गरेका छन् । जुन एक्स्पो हेर्न बाक्लो संख्यामा सर्वसाधारणको भिड लाग्ने गरेका छन् ।