
- ब्रह्मदेव यादव, विराटनगर ३८२ पटक हेरिएको
सोमबार, माघ १४, २०८१ समय : १६:००:१० , ३ हप्ता अगाडि
नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलको राजनैतिक गर्न आफू तयार भई नसकेको बताएकी छिन् । पूर्व राष्ट्रपति भण्डारी पुनः नेकपा एमालेको राजनैतिकमा फर्किन लागेको सर्वत्र चर्चा र चासोको विषय बनिरहेको बेला सोमबार विराटनगरमा सञ्चारकर्मी सँग कुरा गर्दै भण्डारीले आफू तत्कालै दलको राजनैतिकमा फर्किने टुङ्गो लागि नसकेको बताइन् ।
सञ्चारकर्मी सँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन्: म एमालेबाट राष्ट्रपति बनेको थिए । म फेरी पनि राजनैतिकमा फर्किने हो भने एमालेमा नै फर्किने हो । तर दलको राजनैतिक गर्ने कि नगर्ने विषयको टुङ्गो लागिसकेको छैन ।
आफूले एमालेमा सदस्यता प्राप्तिका लागि निवेदन नदिएको स्पष्ट पारे । सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै पूर्व राष्ट्रपति भण्डारीले भनिन: सदस्यता प्राप्तिका लागि एमालेमा निवेदन दिएको छैन र एमालेको राजनैतिकमा सक्रिय हुन्छु भन्ने दलका नेतासँग छलफल र बहस चलाएको छैन ।
यद्यपि म राष्ट्रिय राजनैतिकमा सक्रिय छु । युवा शक्ति पलायन भइरहेको विषय बारे अनुसन्धान गरिरहेको छु । नेपालमै युवालाई कसरी रोकेर राख्ने र उनीहरूलाई रोजगार उपलब्ध गराउने विषयमा गम्भीर बहस र छलफलमा जुटेको छु । नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यकता छ । त्यस बारे शिक्षा विद्धसँग छलफल बहस र परामर्श जारी रहेको बताइन् ।