
- चिरफार डटकम, विराटनगर ६४८ पटक हेरिएको
शुक्रबार, माघ १८, २०८१ समय : १६:२८:३६ , २ हप्ता अगाडि
विराटनगरमा सञ्चालन भइरहेको विराट एक्स्पोमा माछाको एक्वेरियम थपिएको छ । भारतबाट आएका व्यवसायीले माछाको एक्वेरियम सञ्चालनमा ल्याएको हो । विराट एक्स्पो भित्र रहेको माछा एक्वेरियमको अवलोकन गर्न चाहने इच्छुकले १ सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था गरिएको छ ।
भारतीय व्यवसायीले माछा एक्वेरियम भित्र विभिन्न जातका माछाको सजावट गरेका छन् । सजावट गरिएको माछाको बनावट अत्याधुनिक प्रविधिमा आधारित छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं विराट एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य राजन खत्री, दिपक अग्रवाल, सौरभ सारडा, सन्तोष भगत, जयेन्द्र शर्माले बिहीबार साँझ टिकट काटेर माछा एकोरियमको अवलोकन गरेका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विराट एक्स्पो भित्र रहेको माछाको एक्वेरियम जो कोहीका लागि हेर्न लायकको रहेको बताए ।
उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ को आयोजना गरेका छन् । जुन एक्स्पोको प्रत्येक दिन हजारौं सर्वसाधारणले अवलोकन गरिरहेका छन् ।