
- ब्रह्मदेव यादव, विराटनगर ४८८ पटक हेरिएको
शुक्रबार, फाल्गुण ०२, २०८१ समय : १५:१४:१० , १ महिना अगाडि
विराटनगरको नोबेल अस्पताललाई सेवा दिने गरी देसी स्वाद रेस्टुरेन्ट खुलेको छ । नोबेल अस्पतालका डाक्टर, नर्स, कर्मचारी, विद्यार्थी र बिरामीलाई सेवा दिने गरी देसी स्वाद होटेल सञ्चालनमा ल्याइएको संचालक मोनित बर्माले बताए । विराटनगरको नोबेल अस्पताल अगाडी खुलेको देसी स्वाद रेस्टुरेन्टको शुक्रवार विराटनगर–४ का वडाध्यक्ष जितन थापाले उद्घाटन गरेका छन् ।
विराटनगर महानगरपालिकाको वडा नं. ७ घर भएका २२ वर्षीय मोनित बर्मा विराटनगरको इटरनेशनल कलेजबाट बिजनेसमा स्नातक तहको अध्ययन पुरा गरेर होटेल व्यवसायीमा होमिएका छन् । शुक्रवार देसी स्वाद रेस्टुरेन्टको उद्घाटन समारोहमा संचालक मोनित बर्माले भने– सुरुमा रेस्टुरेन्ट र क्याफे खोल्ने मेरो इच्छा थियो ।
म विदेशमा गएर महिनाको ५/७ लाख रुपैयाँ कमाउन सक्छु । तर नेपालमै बसेर केही गर्ने इच्छा छ । ६ जनालाई रोजगारी दिने गरी देसी स्वाद रेस्टुरेन्ट खोलेको छु । उनले थपे– देसी स्वाद रेस्टुरेन्टमा भेज र ननभेज गरी सबै प्रकारको खाने कुरा विक्री गर्ने व्यवस्था मिलाएको छु । मोरङ प्रशासनले बिहानदेखि राती १० बजेसम्म होटेल खोल्ने अनुमति दिएको छ ।
राती १० बजेपछि बिहान ४ बजेसम्म डेलिभरी मार्फत नोबेल अस्पतालका डाक्टर, नर्स, कर्मचारी, विद्यार्थी र बिरामीलाई सेवा प्रदान गरिने छ । नोबेल अस्पताल बाहेक विराटनगरको सबै क्षेत्र तह र तप्कालाई डेलिभरी मार्फत सेवा दिने लक्ष्य राखेको सञ्चालक मोनित बर्माले बताए ।
देसी स्वाद रेस्टुरेन्टको अनलाइन मार्फत वेबसाइट सर्च गरेर खानाको परिकारको बारेमा जानकारी लिर्दैै अर्डर गरेको खण्डमा अर्डर गरेकै स्थानमा डेलिभरी सेवा प्रदान गर्ने उनले बताए । देसी स्वाद रेस्टुरेन्टमा विशेष समारोहको आयोजना गर्न चाहनेले अग्रिम जानकारी गराएको खण्डमा सेवा उपलब्ध गराउने उनले बताए ।