विराट गोल्ड कपको मुख्य प्रायोजक रमपम चाउचाउ

  • चिरफार डटकम, विराटनगर ५२९  पटक हेरिएको

सोमबार, फाल्गुण १२, २०८१ समय : १६:१०:३१ , ५ महिना अगाडि

रमपम चाउचाउ विराट गोल्ड कप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ । एसियन थाइफुड्सको उत्पादन रमपम चाउचाउले विराट गोल्ड कप फुटबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन् । अब विराट गोल्ड कपको अगाडि रमपम विराट गोल्ड कप कायम भएको छ ।

विराट गोल्ड कप आयोजक समितिका संयोजक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष उद्योगी नविन रिजालले विराट गोल्ड कपको मुख्य प्रायोजक रमपम चाउचाउ बन्न पुगेको जानकारी गराए ।

मुख्य प्रायोजक रमपम चाउचाउकै नामबाट अब रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको संयोजक रिजालले बताए । फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहिद रंगशालामा रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको छ ।

नेपालका ८ र भारतका २ गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख र उप विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।