
- चिरफार डटकम, विराटनगर ३२८ पटक हेरिएको
सोमबार, फाल्गुण १९, २०८१ समय : १६:१४:२२ , २ महिना अगाडि
रानी विराटनगर इटहरी धरान सडक परियोजनाले सुनसरी जिल्लाको दुहबी नगरपालिका क्षेत्रमा सडक चौडाइको काम सुरु गरेका छन् । दुहबी नगरपालिका क्षेत्रमा ५४ फिट चौडाइको सडक छ ।
सडक सँगै दुहबी बजार क्षेत्रका बासिन्दाले घर र पसल निर्माण गरेका छन् । घर धनी र पसलका सञ्चालकहरू घर र पसलको ढोका र सटर खोल्दा सडककै भर लिनुपर्ने अवस्था छ । परियोजनाले २०८१ माघ २० गते ३० दिने सूचना प्रकाशन गरेर सडकको दुवै तर्फ ६/६ मिटर छोडेर घर बनाउन र बनाइसकेको घर र पसल भत्काउन दिएको निर्देशको पालना गर्दै दुहबी नगर क्षेत्रका बासिन्दाले सडक मापदण्डको पालना गर्दै घर र पसलको सटर भत्काउन सुरु गरेका छन् ।
परियोजनाका योजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले दुहबी नगरपालिकाको बुढी खोलादेखि इनरुवा सडक खण्डसम्मका ६३० मिटर सडकमा सडक मापदण्ड विपरीत रहेका घर र पसलका सञ्चालकले स्वतफुत रूपमा भत्काउन सुरु भइसकेकोले बल प्रयोग गर्नुपर्ने अवस्था नरहेको बताए ।
सडकको दुवै तर्फ ६/६ मिटर बाटो छोड्नु नपर्ने माग गर्दै दायर गरिएको रिट न्यायालयले खारिज गरिदिएपछि परियोजना सडक विस्तारका लागि अगाडि बढेका छन् ।