सुन चाँदी व्यवसायीले गरे रक्तदान

  • चिरफार डटकम, विराटनगर ३९०  पटक हेरिएको

मंगलबार, फाल्गुण २०, २०८१ समय : १३:३६:०० , २ महिना अगाडि

मंगलबार विराटनगरमा २१ जना सुन चाँदी व्यवसायीहरूले रक्तदान गरेका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको १२औं स्थापना दिवसको अवसरमा नेपाल सुन चाँदी व्यवसायी संघ मोरङ विराटनगरले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संघका मोरङ विराटनगर अध्यक्ष शशिभुषण साह सहित २१ जना सुन चाँदी व्यवसायीहरूले रक्तदान गरे ।

संघका महासचिव कमलेश अग्रवालले रक्तदान गर्ने सुन चाँदी व्यवसायीहरूलाई जुस र फलफूलले स्वागत गरेका थिए ।