
- ब्रह्मदेव यादव, विराटनगर १८५२ पटक हेरिएको
बिहिबार, फाल्गुण २२, २०८१ समय : १३:३६:२२ , २ महिना अगाडि
हरि इन्जिनियरिङ वकर्स उद्योग प्रा.लि. बारा छाता पिपरा ११औं वर्षमा प्रवेश गरेको छ । विराटनगरका युवा उद्यमी विकास लालवानीले २०७१ सालमा मधेश प्रदेशको बारा जिल्लाको सिमरा छाता पिपरामा स्थापना गरेको हरि इन्जिनियरिङ वकर्स उद्योगले सफलता पुर्वक १० वर्ष पुरा गरेको छ ।
विराटनगरका युवा उद्यमी लालवानीले ५ करोड भन्दा बढि रकम लगानी गरेर खोलेको हरि इन्जिनियरिङ वकर्स एलपी ग्यासको रेगुलेटर उत्पादन गर्ने उद्योग हो । उद्योगबाट हरि इन्जिनियरिङ वकर्स, कोशी र क्याप्सन ब्राण्डको एलपी ग्यास रेगुलेटर उत्पादन गरेर नेपाल अधिराज्य भरी बिक्री वितरण गरिरहेका छन् ।
उद्योगबाट उत्पादित यी ३ वटै रेगुलेटर नेपालको गुणस्तरीय लोकप्रिय ब्राण्ड हो । युवा उद्यमी लालवानी विराटनगर–३ निवासी हुन् । लालवानीले विराटनगर, धरान सडक खण्डको विराटनगर–६ स्थित सत्यनारायण माध्यमिक विद्यालय अगाडि न्यू विधि ट्रेड लिङ्स नामको पसल स्थापना गरेर (थोक तथा खुद्रा) एलपी ग्यासका रेगुलेटर बिक्री गरिरहेका छन् ।
सुरुमा कुमार ट्रेड लिङ्सको नामबाट खोलिएको पसलको पछिल्लो समय नाम परिवर्तन गरेर न्यू विधि ट्रेड लिङ्स नामाकरण गरिएको छ । जुन पसलबाट हरि इन्जिनियरिङ वकर्स उद्योगको एलपी ग्यास रेगुलेटरलाई पहिलो प्राथमिकतामा राखेर नेपाल र भारतमा उत्पादन भइरहेको विभिन्न कम्पनीको ग्यास चुलाको बिक्री गरिरहेको छन् ।
मोरङको बुढिगंगा गाउँपालिका स्थित नेमुवामा कोशी ग्यास उद्योग स्थापना हुँदा लालवानी विराटनगरमा कोशी ग्यास उद्योगको अधिकृत विक्रेता रहेको थिए । कोशी ग्यास उद्योगलाई यहाँसम्म ल्याई पुर्याउन युवा उद्यमी लालवानीको ठुलो देनछ । लालवानीलाई कोशी प्रदेश मै एलपी ग्यास रेगुलेटरको उद्योग खोल्न दवाव आएको थियो । तर देशलाई माया गर्ने लालवानीले मधेश प्रदेशको बारा जिल्लाको सिमरा छाता पिपरामा उद्योग स्थापना गरेर स्थानीयवासीको लागि रोजगार उपलब्ध गराएका छन् । जसको चौतफी प्रशंसा भइरहेको छ ।