अरनिकोमा कक्षा १२ को बिदाइ

  • चिरफार डटकम, विराटनगर ६८०  पटक हेरिएको

शनिबार, चैत्र २३, २०८१ समय : १३:४५:०४ , १ वर्ष अगाडि

अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरले कक्षा १२ को अध्ययन पुरा गरेका र फाइन परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई शनिबार बिदाइ गरेका छन् ।

अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगर–१० ले शनिबार भव्य बिदाइ कार्यक्रम आयोजना गरेर १ हजार भन्दा बढी विद्यार्थीहरूलाई बिदाइ गरेका छन् । अरनिको आवासीय माध्यमिक विद्यालयमा विज्ञापन संकाय तर्फका ९ सय ३३ र व्यवस्थापन संकाय तर्फका ७२ गरी १ हजार ५ जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

अरनिको आवासीय माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, सञ्चालक एवं प्रिन्सिपल राजेश कार्की, सञ्चालक एवं कार्यक्रम संयोजक विकाश खनाल, सञ्चालक निलम अधिकारी, डा. भविन्द्र निरौला, उमेन्द्र विलाश लुईंटेल, भरत दाहाल लगायत विद्यालयका शिक्षक र शिक्षिकाहरू विद्यार्थी बिदाइ कार्यक्रममा सहभागी थिए ।

सञ्चालक एवं कार्यक्रम संयोजक विकाश खनालले अरनिको आवासीय माध्यमिक विद्यालय र विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धि विद्यार्थी बिदाइ कार्यक्रममा सार्वजनिक गरेका थिए ।