
- चिरफार डटकम, विराटनगर ३११ पटक हेरिएको
बिहिबार, बैशाख १८, २०८२ समय : १५:३९:०३ , १ दिन अगाडि
कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबारदेखि २ दिने लगानी सम्मेलन सुरु भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनमा स्वदेशी, विदेशी र गैर आवासीय नेपालीहरूको सहभागिता रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विराटनगर स्थित विरेन्द्र सभागृहमा लगानी सम्मेलनको उद्घाटन गरेका छन् ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, राजेन्द्र राई, भीम आचार्य, उद्धव थापा र केदार कार्की लगानी सम्मेलनमा सहभागी थिए । कोशी प्रदेश सरकारले पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार र आइटी सेवा लगायत ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई शोकिसिंग गरेका छन् ।
लगानी सम्मेलनको दोस्रो तथा अन्तिम दिन शुक्रवार स्वदेशी, विदेशी र गैर आवासीय नेपालीहरूले कोशी प्रदेशमा लगानी गर्न चाहने क्षेत्रका साझेदार सँग सम्झौता गर्ने कार्यक्रम रहेका छन् ।