
- चिरफार डटकम, विराटनगर २३५ पटक हेरिएको
आइतबार, बैशाख २१, २०८२ समय : १४:०३:५४ , ५ घन्टा अगाडि
विराटनगरका अनिता सोनीलाई भारतमा वेस्ट लिरिक्स अवार्ड प्रदान गरिएको छ । सोनी लामो समयदेखि हिन्दी र नेपाली गीत लेखनमा सक्रिय रहेका छन् ।
भारतीय फिल्म जगतका चर्चित व्यक्तित्व दादासाहेब फालकेको १५६ औं जन्म जयन्तीको अवसरमा शनिवार मुम्बईको मुकेश पटेल आडेटेरियममा आयोजित अवार्ड वितरण समारोहमा सोनीलाई वेस्ट लिरिक्स अवार्ड प्रदान गरेका थिए ।
भारतीय फिल्म क्षेत्रका चर्चित व्यक्तित्व अनु मल्लिक, सोनु निगम, मन्दाकिनीको उपस्थितिमा सोनीलाई वेस्ट लिरिक्स नेपाल अवार्डबाट सम्मानित गरिएको हो ।
अनिता सोनी विराटनगरका प्रतिष्ठित उद्योगी महेश सोनीका श्रीमती हुन् । सोनी लामो समयदेखि गीत लेखन क्षेत्रमा सक्रिय रहेका छन् । सोनीको २ दर्जनभन्दा बढी हिन्दी र नेपाली गीत युट्युब च्यानल मार्फत प्रसारण भइरहेका छन् ।