
- चिरफार डटकम, विराटनगर ३२१ पटक हेरिएको
मंगलबार, बैशाख २३, २०८२ समय : १४:३६:१६ , ३ घन्टा अगाडि
विराटनगरमा मंगलबारदेखि ६ दिने प्राकृतिक उपचार एक्युप्रेसर शिविर सुरु भएको छ । वैशाख २३ गतेदेखि सुरु भएको शिविर २८ गतेसम्म चल्ने छ ।
महाहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको शिविरमा भारतबाट आएका ३ जना थेरापिष्टहरुले विभिन्न रोगको सामना गरिरहेका सर्वसाधारणहरूलाई उपचार प्रविधिको बारेमा सेवा प्रवाह गरिरहेका भारतको राजस्थान स्थित डा. राम मनोहर लोहिया आरोग्य जीवन संस्था हनुमान गढबाट विराटनगर आइपुगेका देवेन्द्र सिंह राठोर, महेन्द्र पवार र जितु सिंहले घुँडा, गर्दन तथा कान दुखेको थाइराइड, मधुमेह, माइग्रेन, अनिन्द्रा, कब्जियत, मोटोपन, पक्षघात, वंशाणुगत समस्या, गर्दनमा दुखाई, हात खुट्टा सुनिएको, ग्याष्टिक रोग भएका बिरामीहरूलाई थेरापिष्ट प्रविधिबाट उपचार गरिरहेका छन् ।
विराटनगर–२, तिनपैनीचोकस्थित श्याम मन्दिरको सभाहलमा प्रत्येक दिन बिहान ९ देखि १२ र साँझ ४ बजे ६ बजेसम्म थेरापिष्ट प्रविधि मार्फत बिरामीको उपचार भइरहेका छन् । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुको प्रयासमा मंगलबारदेखि शिविर सञ्चालनमा आएको छ ।
शिविरको उद्घाटन समारोहमा प्रमुख अतिथि डा. सुशिल तापडिया, माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी एवं समाजसेवी घनश्याम काबरा, अखिल भारतवर्षिय माहेश्वरी महिला संगठनका राष्ट्रिय उपाध्यक्ष गिरीजा सारडा, श्याम मन्दिर विराटनगरका अध्यक्ष राकेश बंशल, माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष अजय राठी, माहेश्वरी महिला मञ्च विराटनगरका कार्यकारिणी सदस्य एवं कार्यक्रम संयोजक बिन्दु अटलले शिविर मार्फत सेवा लिन विराटनगरवासिलाई आग्रह गरेका छन् ।