नेपाल नर्सिङ संघ मोरङको अध्यक्षमा लजिता योन्जन

  • चिरफार डटकम, विराटनगर ११८८  पटक हेरिएको

बिहिबार, बैशाख २५, २०८२ समय : १८:३४:२५ , ६ घन्टा अगाडि

नेपाल नर्सिङ संघ मोरङको अध्यक्षमा लजिता योन्जन निर्वाचित भएकी छिन् । लजिता योन्जन विराटनगर स्थित कोशी अस्पतालको नर्सिङ अधिकृतको रुपमा कार्यरत रहेकी छिन् ।

लजिता योन्जले प्रजातान्त्रिक धारको नेतृत्व गर्दै नेपाल नर्सिङ संघ मोरङको अध्यक्ष पदको नेतृत्व सम्हालेकी हुन् । यस अघि दुई दशक भन्दा बढी समयदेखि बामपंथीधारले एक्लोटी रुपमा नेपाल नर्सिङ संघ मोरङको नेतृत्व सम्हाली रहेका थिए । तर नवनिर्वाचित अध्यक्ष लजिता योन्जनले प्रजातान्त्रिक र बामपंथी गरी दुवै धारलाई समेटेर संघमा नयाँ समिति गठन गरेकी हुन् ।

संघको उपाध्यक्षमा अन्जु खनाल, सचिवमा सरस्वती न्यौपाने, उपसचिवमा मीना अधिकारी र कोषाध्यक्षमा उषा राय निर्वाचित भएकी हुन् । रञ्जीता खनाल, रुवी शर्मा, एलिशा पोखरेल, नम्रता राना, गंगा अधिकारी र जयन्ती कुमारी निरौला संघको सदस्य रहेकी छिन् ।

संघमा मञ्जु यादव प्रमुख सल्लाहकार, अजिता बराल विशेष सल्लाहकार, इन्दिरा बराल, मधुरा नेपाल, ऐतुमाया क्षेत्री, अन्जुला कार्की, दिप्ती सुब्बा र निला सुब्बा सल्लाहकार रहेकी छिन् ।