
- ब्रह्मदेव यादव, विराटनगर ४६४ पटक हेरिएको
सोमबार, बैशाख २९, २०८२ समय : १५:२७:१८ , ११ घन्टा अगाडि
विराटनगरको सेन्ट्रल मलमा सोमबारदेखि हर्ष जिन्स ब्राण्डको सुविधा सम्पन्न कपडा पसल खुलेको छ । सेन्ट्रल मल भित्र सेन्ट्रल बजार सञ्चालन गरिरहेका सञ्चालक र हर्ष जिन्स ब्राण्डका सञ्चालकको संयुक्त लगानीमा हर्ष जिन्स ब्राण्डको कपडा पसल सञ्चालनमा आएको हो ।
सेन्ट्रल मलको स्टल नं. १४ र १५ गरी २ कोठा भाडामा लिएर सञ्चालकहरूले कपडा पसल सञ्चालनमा ल्याएको हो । सेन्ट्रल बजारका सञ्चालक राकेश जैन र हर्ष जिन्स ब्राण्ड कपडा पसलका सञ्चालक अमित अग्रवालले सोमबार एक समारोहका बिच कपडा पसलको उद्घाटन गरेका छन् ।
दुवै युवा उद्यमीले हर्ष जिन्स ब्राण्डको कपडा पसल सञ्चालनमा ल्याउनको लागि ४० लाख भन्दा बढी रुपैयाँ लगानी गरेका छन् । हर्ष जिन्स ब्राण्ड कपडा पसलका सञ्चालक अमित अग्रवालले युवा वर्गको मागलाई पूर्ति गर्न हर्ष जिन्स ब्राण्डको कपडा पसल सञ्चालनमा ल्याएको बताए ।
नेपाली युवा वर्गले खोजेको साइज, मान्छेलाई सुहाउँदो कलर र फिटिङमा आधारित हर्ष जिन्स उच्च गुणस्तर भएको ब्राण्ड हो । चिनमा उत्पादन गरेर हर्ष जिन्सले आफ्नो ब्राण्ड लेवल लगाएर नेपालमा तयारी कपडा बिक्री गरिरहेका छन् । विगत ६ वर्षदेखि हर्ष जिन्सले नेपालको ७७ वटै जिल्लामा आधिकारिक विक्रेताको रूपमा कपडा विक्री गरिरहेका छन् ।
सोमबारदेखि विराटनगरको सेन्ट्रल मलमा हर्ष जिन्सले आधिकारिक कपडा पसल सञ्चालनमा ल्याएका छन् । कपडा पसलमा पेन्ट, टि–सर्ट, सर्ट, हाफपेन्ट, विनस्विटर लगायत मौसम अनुसारको कपडाको विक्री सुरु गरेका छन् । न्यूनतम २ हजार ५ सयदेखि बढीमा ४ हजार रुपैयाँसम्म हर्ष जिन्स ब्राण्डको कपडा पसलमा उपलब्ध रहेको छ ।
तयारी कपडाको क्षेत्रमा बढीमा १० हजार रुपैयाँ लिएर ब्राण्डेड कपडा बिक्री गरिरहेका कम्पनीलाई चुनौती दिर्दै हर्ष जिन्स ब्राण्डले त्यही ब्राण्डेड कपडालाई ५० प्रतिशत छुट अर्थात् ४ हजार रुपैयाँमा कपडा बिक्री गरिरहेका छन् । कपडा पसल उद्घाटन भएको अवसरमा सञ्चालकले एक हप्तासम्म उपभोक्तालाई १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।