आन्तरिक राजश्व कार्यालय विराटनगरले १० महिनामा असुली गर्‍यो ६ अर्ब ७१ करोड रुपैयाँ राजश्व

  • चिरफार डटकम, विराटनगर ३९५  पटक हेरिएको

शुक्रबार, जेठ ०२, २०८२ समय : १८:०२:५५ , १ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ६ अर्ब ७१ करोड रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि वैशाख महिनासम्ममा ८ अर्ब ३० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ७१ करोड रुपैयाँ राजश्व असुली गरेका छन् ।

जुन लक्ष्यको तुलनामा ८१ प्रतिशतले राजश्व असुली भएको हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा ६ अर्ब ४८ करोड रुपैयाँ राजश्व असुली गरेका थिए । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ को १० महिनामा ४ प्रतिशतले बढी राजश्व असुली गरेका छन् ।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा आयकर तर्फ २ अर्ब २१ करोड रुपैयाँ राजश्व असुली गरेकोमा आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा २ अर्ब ३१ करोड रुपैयाँ राजश्व असुली गरेका छन् । कार्यालयले २०८०÷०८१ को १० महिनामा मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब ८८ करोड रुपैयाँ राजश्व असुली गरेकोमा आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा १ अर्ब ८१ करोड रुपैयाँ राजश्व असुली गरेका छन् ।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा अन्तशुल्क तर्फ २ अर्ब, १४ करोड रुपैयाँ राजश्व असुली गरेकोमा आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा २ अर्ब २५ करोड रुपैयाँ राजश्व असुली भएको प्रमुख कर अधिकृत भुपालराज शाक्यले बताए ।