रानी नाकामा कडाई, ५० प्रतिशतले घट्यो जोगबनीको व्यापार

  • ब्रह्मदेव यादव, विराटनगर ४७३  पटक हेरिएको

मंगलबार, जेठ ०६, २०८२ समय : १६:१४:३२ , ४ हप्ता अगाडि

नेपाल–भारतमा अन्तर्राष्ट्रिय सिमा नाका रानी नाकामा नेपाल सरकारले कडाइ गरेको छ । सरकारको कडाइ पछि ५० प्रतिशतले जोगवनीको व्यापार घटेको व्यवसायीले प्रतिक्रिया दिएका छन् । यस अघि जोगबनी बजारमा सत प्रतिशतले व्यापार हुने गरेको थियो ।

जोगबनी स्थित मुन्ना किरानाका सञ्चालक मुन्नाले रानी नाकामा कडाइ सुरु भएपछि ५० प्रतिशतले व्यापार घटेको बताए । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको ठाडो निर्देश पछि जेठ २ गतेदेखि रानी नाकामा कडाइ भएको हो । यतिखेर संघिय सरकारदेखि प्रदेशमा देशका सबैभन्दा ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार चलाइ रहेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखक गृहमन्त्रीको जिम्मेवारी सम्हाली रहेका छन् । कोशी प्रदेश सहित काठमाडौंमा बसोवास गरिरहेका सर्वसाधारण भारतको जोगबनी बजारमा लत्ताकपडादेखि खाद्यान्न सामग्री खरिद गर्ने चलन छ । सर्वसाधारण मात्रै होइन नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारी र उनका परिवारले समेत जोगबनीमा किनमेल गर्ने चलन छ ।

जोगबनी बजारमा मासिक रुपमा अर्वौ रुपैयाँ बराबरको कारोबार हुन्छ । र यसरी जोगबनी बजारमा किनमेल गर्ने ग्राहक जत्ति सबै नेपाली हुने गरेका छन् । मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवनकुमार सारडाले वैशाख ३१ गते विराटनगरमा गृहमन्त्री लेखकसँग छलफल गर्दै रानी नाकामा कडाइ गर्न अनुरोध गरेका थिए ।

जेष्ठ २ गते विराटनगरमा आयोजित कोशीप्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले सिमान्त क्षेत्रबाट हुने गरेको तस्करी रोक्न पहल कदमी नलिए गृहमन्त्रालय शान्ति सुरक्षाको जिम्मेवारी लिएका सुरक्षा निकाय माथि एक्सनमा जाने व्यक्त गरेको निर्देशनात्मक अभिव्यक्ति पछि सुरक्षा निकायले रानी नाकामा कडाइ गरेका छन् ।

जसका कारण लत्ता कपडादेखि खाद्यान्न सामग्री किनमेल गर्न जोगबनी पुग्ने गरेका नेपाली सामान खरिद गर्न नपाई रित्तै हात फर्कनु पर्ने अवस्था छ । विराटनगर स्थित सेन्टर बजारका सञ्चालक राकेश जैनले रानी नाकामा सुरु भएको कडाइको कारण एक हप्ता मै कारोबार बढेको भन्न सक्ने अवस्था नरहेको बताए ।