कार्की र सिंहलाई सीएनआईको सम्मान

  • चिरफार डटकम, विराटनगर ४१२  पटक हेरिएको

मंगलबार, जेठ ०६, २०८२ समय : १८:४७:२४ , ४ हप्ता अगाडि

नेपाल उद्योग परिसंघ (सीएनआई) कोश प्रदेश समितिले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरणका कोशी प्रदेश प्रमुख निर्देशक राजिव सिंहलाई स्वागत र सम्मान गरेका छन् ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी कार्की र नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख निर्देशक सिंहले केही दिन अगाडी मात्रै कार्यभार सम्हालेका छन् ।

सीएनआईको कोशी प्रदेश समितिले निजी क्षेत्रलाई शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन अपेक्षा गर्दै डिआइजी कार्कीलाई स्वागत र सम्मान गरेको हो । यसै गरी निजी क्षेत्रलाई नियमित रूपमा विद्युत सेवा प्रवाह गरिदिनु हुन  अपेक्षा गर्दै निर्देशक सिंहलाई स्वागत र सम्मान गरेको हो ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, परिसंघ कोशी प्रदेश समितिका प्रमुख सल्लाहकार महेश जाजु र परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले कार्की र सिंहलाई स्वागत र सम्मान गरेका थिए ।