
- चिरफार डटकम, विराटनगर ३८२ पटक हेरिएको
आइतबार, जेठ ११, २०८२ समय : १६:५२:२९ , १ हप्ता अगाडि
बालाजी बाबोसा ट्रष्ट विराटनगरले भव्य समारोहको आयोजना गरेर ९औं वार्षिकोत्सव मनाएका छन् । ट्रष्टले शनिवार विराटनगरस्थित जैन भवनमा आयोजना गरेको ९औं वार्षिकोत्सवमा १ हजार ५ सय भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।
भारतको दिल्लीबाट विराटनगर आइपुगेकी परमआराधिका मञ्जु बईसाको सानिध्यतामा ट्रष्टले ९औं वार्षिकोत्सव समारोहको आयोजना गरेका थिए ।
ट्रष्टका अध्यक्ष महेन्द्र सेठिया, ट्रष्टका संस्थापक अध्यक्ष सुनिल बिडला र ट्रष्टका निवर्तमान अध्यक्ष हेमन्त मारु सहित कार्यसमितिका पदाधिकारी, सदस्य र शुभचिन्तकहरू वार्षिकोत्सव समारोहमा सहभागी थिए ।
विराटनगर महानगरपालिकाको वडा नं. १० स्थित एकुवा पार्क नजिक बालाजी बाबोसा ट्रष्टको आफ्नै मन्दिर छ । युवा व्यवसायी सुनिल बिडला २०७२ सालमा ट्रष्टको संस्थापक अध्यक्ष रहेको बेला जग्गा खरिद गरेर बालाजी बाबोसा ट्रष्ट विराटनगरको मन्दिर निर्माण गरेका थिए ।