
- ब्रह्मदेव यादव, विराटनगर ४८६ पटक हेरिएको
मंगलबार, जेठ १३, २०८२ समय : १५:३६:४२ , ६ दिन अगाडि
विराटनगर कारागारमा कैदीबन्दीको बिजोग छ । राती दिसा पिसाब गर्न गयो की सुत्ने ठाउँ हुँदैन । राज्यको बेथितिका कारण कैदीबन्दी सुत्न नपाएर मानसिक रोगीको सिकार बनिरहेका छन् । र यस्ता रोगीले कारागारमै ज्यान गुमाउनु पर्ने अवस्था छ । जिल्ला कारागार मोरङ विराटनगरमा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा ९ सय ३२ पुरुष, १ सय ९ जना महिला रहेका छन् । ३ जना महिला, महिला कैदी बन्दिसँग आश्रित छ । र उनीहरू पनि कारागारमै बसिरहेका छन् । विराटनगर कारागारका जेलर गौरव ढुंगेलले कैदीबन्दी राख्नका लागि २ वटा भवन रहेको छ । महिला कैदीबन्दीका लागि बेग्लै भवन छ ।
कारागारको नयाँ भवनमा २ सय ५० र पुरानो भवनमा ७ सयको हाराहारीमा कैदीबन्दी रहेका छन् । ४ सय कैदीबन्दी अटाउने क्षमता रहेको पुरानो भवनमा ७ सय कैदीबन्दी रहेका छन् । ठाउँ अभावको कारण कैदीबन्दी कारागारमा कोल्टे भएर सुत्नु पर्ने अवस्था छ । रातीको समयमा कैदीबन्दी दिसा पिसाब गर्न गयो कि सुत्ने ठाउँ हुँदैन ।
कोल्टे परेर सुतिरहेको कैदीबन्दी साथै दिसा पिसाब गर्न गएको बेला मौका छोपेर ठाउँ फराकिलो बनाएर मजाले सुती दिन्छन् । जसको कारण दिसा पिसाब सकेर फर्केका कैदीबन्दीले कारागारमा सुत्नु ठाउँ हुँदैन । र रात भरी जागाराम बस्नु पर्ने अवस्था छ । रातीको समयमा सुन्त नपाउँदा कैदीबन्दीमा मानसिक रोगीको समस्या देखिन थालेका छन् । विराटनगर कारागारका जेलर गौरव ढुंगेलले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेकोले उनीहरूलाई सुत्ने ठाउँको अभाव रहेको बताए ।