
- चिरफार डटकम, विराटनगर २८० पटक हेरिएको
बुधबार, जेठ १४, २०८२ समय : १२:३६:४९ , ५ दिन अगाडि
नेपाल–भारत युवा सम्मेलन झापामा हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले जेठ २५ गते झापाको मेचीनगरमा सम्मेलनको आयोजना गर्न लागेको छ ।
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष शुभम् भट्टराईले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर नेपाल र भारत बिचको व्यापार विस्तारका लागि सम्मेलन आयोजना गर्न लागेको बताए । सम्मेलनमा नेपाल र भारतका गरी ५ सय भन्दा बढी युवाहरूको सहभागिता रहने अध्यक्ष भट्टराईले बताए ।
एक दिने सम्मेलनमा सहभागी नेपाल र भारतका युवा उद्यमीले दुई देश बिचको पर्यटनदेखि व्यापार विस्तारको बारेमा छलफल गर्ने बताए । नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य यूनेशराज श्रेष्ठले सम्मेलनमा नेपाल युवा उद्यमी मञ्चका ११ च्याप्टरका युवाहरू सहभागी हुने बताए ।