गणतन्त्र ढाल्ने अभियान सुरु 

  • चिरफार डटकम, विराटनगर ३११  पटक हेरिएको

बिहिबार, जेठ १५, २०८२ समय : १४:०५:३८ , ४ दिन अगाडि

संघिय लोकतान्त्रीक गणतन्त्रलाई ढाल्ने अभियान काठमाडौँबाट सुरु भएको छ । गणतन्त्रलाई ढाल्न राजावादी पक्षले जेठ १५ गते बिहीबारबाट काठमाडौँको सडकमा लाखौँ जनता उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सहित २४ राजनीतिक दलले नेपालको संविधान २०७२ लाई संशोधन गरेर पूर्व राजसंस्थालाई पुर्नस्थापना गर्नुपर्ने लगायतका माग अगाडी सार्दै गणतन्त्र फाल्ने अभियानको नेतृत्व गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा सहित २४ वटै राजनीतिक दल घटकका नेताहरू काठमाडौँको सडकमा उत्रिएका छन् । र गणतन्त्र फाल्ने चर्का नाराबाजी गरिरहेका छन् ।

सडक आन्दोलनबाटै गणतन्त्र फाल्ने उद्देश्यका साथ राजावादीहरूले बिहीबारबाट सुरु गरेको काठमाडौँ केन्द्रित आन्दोलनमा जनसागर उर्लिएको छ । राजावादीले बिहीबार काठमाडौँको रत्नपार्कमा आयोजना गरेको गणतन्त्र विरुद्धको विरोध सभामा अत्याधिक संख्यामा सर्वसाधारणलाई सहभागिता गराउन ७ ठाउँबाट जुलुस निकालेका थिए ।