
- ब्रह्मदेव यादव, विराटनगर ४६९ पटक हेरिएको
बिहिबार, जेठ १५, २०८२ समय : १८:०२:४० , ४ दिन अगाडि
संघिय सरकारले अब विराटनगरलाई ओझेलमा पारेर झापाको भद्रपुर विमानस्थलको क्षमता विस्तार गर्ने गरी बजेट विनियोजन गरेको छ । संघिय सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि बिहीबार बजेट सार्वजनिक गर्दा विराटनगर विमानस्थललाई ओझेलमा पारेर झापाको भद्रपुर विमानस्थलको क्षमता विस्तारका लागि बजेट मार्फत रकम विनियोजन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लावासी भएकोले विराटनगरलाई पछाडि धकेल्दै झापालाई विकासमा अगाडी लाने गरी भद्रपुर विमानस्थल क्षमता विस्तारका लागि बजेट विनियोजन गरेको हो । संघिय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट वाचन गर्दा विराटनगर विमानस्थलको बारेमा एक शब्द पनि नबोलेर झापाको भद्रपुर विमानस्थलको क्षमता विस्तारका लागि बजेट सार्वजनिक गरेका हुन् । ।
विराटनगर र भद्रपुर विमानस्थलको रनवे बराबरी रहेका छन् । १ हजार ५ सय घन मिटरको विराटनगर विमानस्थलको क्षमता विस्तार नहुने तर १ हजार ५ सय घन मिटर रहेको भद्रपुर विमानस्थलको क्षमता विस्तार हुने भएको छ । अब कोशी प्रदेशको राजधानी विराटनगरलाई ओझेलमा पारेर प्रधानमन्त्री ओलीले झापाको भद्रपुर विमास्थललाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यका साथ अगाडि बढेर बजेट विनियोजन गरेको छ ।
भारतको आसाम, सिक्किम, कलकता सहित बंगलादेशका नागरिकलाई झापाको भद्रपुर विमानस्थल नजिक पर्छ । र प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल सहित विश्वको अन्य देशमा सजिलै सँग पुग्ने भएकोले भद्रपुर विमानस्थलको क्षमता विस्तारका लागि संघिय सरकारले बजेट विनियोजन गरेका छन् ।
सत्ताघटक एमालेले कांग्रेसका सांसदलाई रिझाएर विराटनगर विमानस्थललाई ओझेलमा पारेर भद्रपुर विमानस्थल क्षमता विस्तारका लागि बजेट विनियोजन गर्न सफल भएका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा निवासी नै भएकोले उनले पनि विराटनगरलाई ओझेलमा पारेर भद्रपुर विमानस्थल क्षमता विस्तारको लागि बजेट विनियोजन गर्न गोप्य सहमती गरेका थिए ।
भद्रपुर विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले भद्रपुर विमानस्थल क्षमता विस्तारका लागि संघिय सरकारले बजेट विनियोजन गरेको बताए । तर संघिय सरकारले विनियोजन गरेको बजेटबाट रनवेको विस्तार हुनेकी विमान राख्नका लागि ग्राउण्डको निर्माण हुने स्पष्ट भई नसकेको बताए । सरकारले केही समय अगाडी भद्रपुर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गरेको थियो । ।