
- ब्रह्मदेव यादव, विराटनगर ३३२ पटक हेरिएको
आइतबार, जेठ १८, २०८२ समय : १४:५४:५५ , २ दिन अगाडि
क्यान्सर रोगको उपचार र जनचेतनाका लागि फुजिमा आयल कम्पनी लि. मोरङले मोटो रकम खर्च गरिरहेको छ । कम्पनीले नेपाल अधिराज्य भरी स्तन क्यान्सर र पाठेघर मुखको क्यान्सर रोगको उपचार र जनचेतनाका लागि प्रत्येक वर्ष ३० देखि ४० लाख रुपैयाँ खर्च गरिरहेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा संचालनमा रहेको फुजिमा आयल कम्पनी ३० वर्ष पुरानो उद्योग हो ।
उद्योगले अटोमोबाइल्सका लागि सबै प्रकारका मोबिल उत्पादन गरेर विक्री गरिरहेको छ । कम्पनीले विक्री गरिरहेको प्रत्येक लिटर मोबिलमा १ रुपैयाँका दरले क्यान्सर रोगको उपचार र जनचेतना जोगाउने गरी कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गरिरहेका छ । र यसरी विनियोजन गरिएको रकम क्यान्सर रोगबाट पीडित महिलाहरूको उपचारमा खर्च गरिरहेको छ ।
फुजिमा आयल कम्पनीले विराट क्यान्सर इन्स्टिच्यूट बुढिगंगा टंकीसँग सहकार्य गरेर आइतबार आयोजना गरेको सचेतना तथा स्क्रिनिङ्ग कार्यक्रममा १ सय जना भन्दा बढी महिलाहरूले पाठेघर मुख र स्तन क्यान्सरको परीक्षण गराएका थिए । विराट क्यान्सर इन्स्टिच्यूटका क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले महिलाहरूको पाठेघर र स्तन क्यान्सरको परीक्षण गरेका थिए । कार्यक्रममा फुजिमा आयल कम्पनी लि. का प्रबन्ध निर्देशक सुबोध कोइरालाले उद्योगले मुनाफा मात्र कमाउने होइन ।
सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ । उद्योगबाट कमाएको केही प्रतिशत रकम क्यान्सर रोगको उपचारका लागि खर्च गरिरहेको बताए । क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले स्वास्थ्य क्षेत्रमा नरहेका व्यक्ति उद्योगी सुबोध कोइरालाले अरूको क्यान्सर रोगको उपचारका लागि अगाडी बढेकोमा खुसी लागेको बताए ।
डा. रायमाझीले क्यान्सर रोग लागि सकेपछि देखा पर्ने लक्षण र समयमा उपचार गरेको खण्डमा रोग निको हुन सक्ने कार्यक्रममा सहभागी महिलाहरूलाई जानकारी गराएका थिए । डा. रायमाझीले शरीरको सबै अङ्गमा देखा परेको क्यान्सर रोगको उपचार फरक फरक तरिकाबाट हुन्छ । शरीरको जुन भागमा रोग लागेको छ ।
त्यही रोग विशेषज्ञ सँग उपचार गराएको खण्डमा क्यान्सर रोग निको हुने बताए । अस्पतालका कोडिनेटर एवं मार्केटिङ हेड सुनिल देव र रिजनल मार्केटिङ म्यानेजर प्रकाश नेपालले फुजिमा आयल कम्पनी सँग मिलेर विराट क्यान्सर इन्स्टिच्यूटले महिलाका लागि सञ्चालन गरिरहेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।