प्रहरी नियन्त्रणमा कमल थापा 

  • ब्रह्मदेव यादव, विराटनगर २५७  पटक हेरिएको

आइतबार, जेठ १८, २०८२ समय : १७:४०:३१ , २ दिन अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले अध्यक्ष थापा प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।

राजावादीको जनआन्दोलन काठमाडौँमा जारी रहेको बेला आइतबार थापालाई नक्साल स्थित नारायण चौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्ष थापा सँगै शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिम्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्व राजसंस्था पुनर्स्थापना सहितको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सहित ४४ दलले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि काठमाडौँमा जनआन्दोलन मार्फत सरकार माथि दबाब श्रृजना गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले थापालाई प्रहरीले रिहा नगरे सोमबारदेखि काठमाडौँ ठप्प पार्ने सरकारलाई चेतावनी दिएका छन् ।