
- ब्रह्मदेव यादव, विराटनगर ५८७ पटक हेरिएको
मंगलबार, जेठ २०, २०८२ समय : १६:३८:२६ , २ दिन अगाडि
मोरङको रंगेली नगरपालिकालाई मेयर दिलिप बगडियाले १ करोड रुपैयाँ बराबरको १ बिग्घा १५ कठ्ठा जग्गा दान गरेका छन् । रंगेली नगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित बगडियाले फोहोर व्यवस्थापनका लागि १ बिग्घा र लेदो व्यवस्थापनका लागि १५ कठ्ठा जग्गा रंगेली नगरपालिकालाई दान गरेका छन् ।
जुन जग्गाको चलनचल्तीको मूल्य १ करोडको हाराहारीमा रहेको छ । रंगेली नगरपालिकाको वडा नं. ६ मा रहेको १ बिग्घा १५ कठ्ठा जग्गा मेयर बगडियाले रंगेली नगरपालिकालाई दिएका छन् । मेयर बगडियोले दिएको जग्गा मध्ये १ बिग्घामा नगरपालिकाले कोशी प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइडको निर्माण गर्नेछ ।
स्वीच सरकारको सहयोग प्राप्त रकमबाट कोशी प्रदेश सरकारले रंगेली नगरपालिकाको वडा नं. ६ मा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन डम्पिङ साइडको डिपिआर तयार भइसकेको छ । बाँकी १५ कठ्ठा जग्गामा संघिय सरकारको सहयोगमा लेदो व्यवस्थापन प्लान्ट निर्माण गर्नेछ ।