जनप्रतिनिधिहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर आइपुगिन् पूर्वराष्ट्रपति भण्डारी 

  • ब्रह्मदेव यादव, विराटनगर २८८  पटक हेरिएको

बिहिबार, जेठ २२, २०८२ समय : १८:४९:२४ , १ दिन अगाडि

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आइपुगेकी छिन् । विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विराटनगरमा आयोजना गर्न लागेको उप–प्रमुख तथा उपाध्यक्षहरूको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारी विराटनगर आइपुगेकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले शुक्रबार विराटनगर स्थित विरेन्द्र सभागृहमा उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विराटनगर स्थित बिग होटेलमा बसिरहेकी पूर्वराष्ट्रपति भण्डारी एमालेका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेकी छिन् ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जेठ २३ र २४ गते अर्थात् शुक्रबार र शनिबार विराटनगरमा चल्ने राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन नेपाल अधिराज्य भरीका २ सय भन्दा बढी स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरू विराटनगर आउने टुङ्गो लागेको बताए । विराटनगर महानगरपालिकाले उप–प्रमुख तथा उपाध्यक्षहरूको २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च गर्दैछ ।  जस मध्ये कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित