“स्थानीय तहका प्रमुख र उप–प्रमुखको सम्बन्ध विराटनगर महानगरपालिकाको जस्तो हुनुपर्छ” 

  • ब्रह्मदेव यादव, विराटनगर ३४४  पटक हेरिएको

शुक्रबार, जेठ २३, २०८२ समय : १४:३९:४९ , १ दिन अगाडि

विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले स्थानीय तहका प्रमुख र उप–प्रमुखको सम्बन्ध विराटनगर महानगरपालिकाको जस्तो हुनु पर्छ भन्ने धारणा व्यक्त गरेकी छिन ।

शुक्रबारदेखि विराटनगरमा सुरु भएको स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षको २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा आगन्तुकलाई स्वागत गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख कार्कीले भनिन्– नेपाल अधिराज्य भरिका स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ ।

७५ प्रतिशत महिला स्थानीय तहको उप–प्रमुख तथा उपाध्यक्षमा निर्वाचित रहेको अवस्था छ । यस्तो अवस्थामा विराटनगर महानगरपालिकाले आयोजना गरेको उप–प्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनको अध्यक्षता उप–प्रमुखको हैसियतले मेरो दाबी रहन्छ तर प्रमुख नागेश कोइरालाले सम्मेलनको अध्यक्षता गरिरहेका छन् ।

कोशी प्रदेशको एक मात्र महानगरपालिका त्यसमा पनि कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकालाई विकाशमा अगाडि बढाउन प्रमुख नागेश कोइराला र म उप–प्रमुख शिल्पा निराला कार्कीले एक ढिक्का भएर अगाडि बढेको अवस्था छ ।

देश भरीका स्थानीय तहका प्रमुख र उप–प्रमुख विकाश निर्माणको सवालमा एक ढिक्का भएर अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको र त्यही सन्देश प्रवाह गर्न विराटनगर महानगरपालिकाले उप्र–प्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनको आयोजना गरिएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनमा देश भरीबाट २ सय भन्दा बढी स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षको सहभागिता रहेका छन् । नेपालको संविधान २०७२ ले प्रमुख र उप–प्रमुखको अधिकार प्रत्यायोजन गर्दा उप–प्रमुखलाई न्यायिक समितिको संयोजक र राजश्व बाडफाँड समितिको संयोजकको जिम्मेवारी तोकेको छ । कतिपय विषयमा प्रमुख र उप–प्रमुखको अधिकार बाझिएको छ ।

राष्ट्रिय सम्मेलनमा बाझिएको अधिकार फुकाउने विषयमा उप–प्रमुख तथा उपाध्यक्षले समूहगत रूपमा छलफल गरेर प्रस्ताव तयार गरी विराटनगर घोषणा पत्र जारी गर्नेछ । र संविधानलाई संशोधन गर्ने गरी बाझिएको अधिकारको धार र उपधारालाई संशोधन गरेर अधिकारको ग्यारेन्टी गर्ने विराटनगर घोषणा पत्रको प्रस्ताव कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको विराटनगर महानगरपालिकाका उपमेयर कार्कीले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित