
- चिरफार डटकम, विराटनगर ६८७ पटक हेरिएको
शनिबार, जेठ २४, २०८२ समय : १७:०३:५२ , २ हप्ता अगाडि
मारवाडी युवा मन्च विराटनगरले शनिवार दुई हजार भन्दा बढी सर्वसाधारणलाई जुस र आइसक्रिम वितरण गरेका छन् । विराटनगरको मेन रोड स्थित अतिथि सदन अगाडि सञ्चालनमा ल्याउन तयारी भइरहेको बंशीवाला स्वीटकै अगाडि बाटो हिँड्ने सर्वसाधारणलाई जुस र आइसक्रिम वितरण गरिएको थियो ।
निर्जला एकादशीको अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष नन्दकिशोर राठी र शिवरतन जोशी, बंशीवाला स्वीटका सञ्चालक दिनेश चौरडिया, समाजसेवी चम्पालाल राठी, मुरली राठी, बजरंग बाहेती, जयकमल अग्रवाल, नन्दकिशोर तापडिया, मारवाडी युवा मञ्च विराटनगरका सल्लाहकार विकाश लालवानी, संजय तवर, कुमुद गोयलले सर्वसाधारणलाई जुस र आइसक्रिम वितरण गरेका थिए ।
मारवाडी युवा मञ्च विराटनगरका पूर्व कोषाध्यक्ष पवन पंकज पारख, पवन पुरोहित, जिनेन्द्र नौलखा, विनोद सोनी जुस र आइसक्रिम वितरण कार्यक्रममा सहभागी थिए ।