
- चिरफार डटकम, विराटनगर ४३३ पटक हेरिएको
बुधबार, जेठ २८, २०८२ समय : १३:४८:०४ , १ दिन अगाडि
विराटनगरमा बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुम सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । विराटनगरका ४१ वर्षीय युवा व्यवसायी दिनेश चौरडियाले मेनरोड स्थित अतिथि सदन अगाडि शुद्ध शाकाहारी बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुम सञ्चालनमा ल्याउन लागिएको हो ।
युवा व्यवसायी दिनेश चौरडियाले मेनरोड स्थित अतिथि सदन अगाडि आफ्नै भवनमा सञ्चालनमा ल्याउन लागिएको बंशीवाला स्वीटस् एण्ड स्नेक्स कोशी प्रदेशको राजधानी विराटनगरको सबै भन्दा ठुलो शोरुम हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको हातबाट असार २४ गते मंगलबार बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुम उद्घान गर्ने कार्यक्रम रहेको छ । युवा व्यवसायी दिनेश चौरडियाले असार २३ गते सोमबार बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुममा भजन कीर्तन गराएर शुद्धीकरण गर्ने कार्यक्रम रहेको छ ।
भजन कीर्तनका लागि भारतको राजस्थानबाट ५ जना भजन कलाकारको टोली विराटनगर ल्याउने भएको छ । बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुममा काम गर्न कारिगरको टोली भारतको राजस्थान, कलकत्ता, पंजाब र झारखण्डबाट ल्याउन लागिएको हो । युवा व्यवसायी दिनेश चौरडियाले ४ वर्षदेखि भारतको विभिन्न सहरको मिठाई र स्नेक्स तथा शोरुमको अवलोकन गरेर बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुम सञ्चालन गर्ने निर्माण पुगेका हुन् ।
उनले शोरुम सञ्चालन गर्दा पहिलो चरणमा २० देखि २५ जनालाई रोजगार दिने तयारी पुरा गरेका छन् । बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुमबाट ५६ प्रकारको मिठाइ नौनी घ्यूबाट तयार पारेर बिक्री गर्ने तयारी गरेका छन् । कोशी प्रदेशको सबै भन्दा ठुलो बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुममा २५ देखि ३० जनासम्म बसेर मिठाइ देखि स्नेक्स खानेकुराको आनन्द लिन सक्ने छन् ।
बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुम सञ्चालक दिनेश चौरडियाले चिरफार डटकम सँग कुरा गर्दै बंशीवाला स्वीटस् एण्ड स्नेक्स शोरुमको अगाडि बिहानदेखि बेलुकासम्म २ वटा लाइभ काउन्टर सञ्चालनमा ल्याउन लागेको बताए । जुन लाइभ काउन्टरबाट उपभोक्तालाई छिटो छरितो जुलेबी र चार्ट उपलब्ध गराउने बताए ।