
- चिरफार डटकम, विराटनगर २४२ पटक हेरिएको
बुधबार, जेठ २८, २०८२ समय : १५:५१:४२ , १ दिन अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरले स्थानीय व्यवसायीक विकास परामर्श दाताहरुका लागि क्षमता विकास तालिम सुरु गरेको छ । उदयपरियोजनासँग सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले क्षमता विकास तालिम सञ्चालन गरेको हो ।
जेठ २८ गते बुधबारदेखि सुरु भएको क्षमता विकास तालिम ३ दिनसम्म चल्ने छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तर्गतको नगर र जिल्ला उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र अस्थानिय विकास परामर्श दाताहरूको सहभागिता रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले तालिमको उद्घाटन गर्दै कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ लागि परेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति र उदय परियोजना बिच भएको सम्झौता बमोजिम स्थानीय व्यवसायीक विकास परामर्श दाता मार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पुँजीमा पँहुच बढाई लगानी तथा नवप्रवर्तन अनुकूल व्यवसायीक वातावरण श्रृजना गर्नका लागि प्रदेशमा क्रियाशिल रहेका साना तथा मझौला उद्योग व्यवसायीलाई लक्षित गरेर व्यवसायीक विकास परामर्श दाताका लागि क्षमता विकास तालिम सञ्चालनमा ल्याइएको अध्यक्ष राउतले बताए ।