
- ब्रह्मदेव यादव, विराटनगर ३१५ पटक हेरिएको
आइतबार, आषाढ ०१, २०८२ समय : १८:०३:०५ , १५ घन्टा अगाडि
उद्योग संगठन मोरङमा युवा उद्यमी प्रतिक राउतको प्रवेश भएको छ । उद्योग संगठन मोरङको ५२औं वार्षिक साधारण सभाले युवा उद्यमी राउतलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हो । संगठनका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको पहिलो बैठकले युवा उद्यमी प्रतिक राउतलाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठी, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन काबरा, सुबोध कोइराला, कोषाध्यष पासर लुनियाँ, निवर्तमान अध्यक्ष राकेश सुराना, पूर्व अध्यक्ष सुयस प्याकुरेल, शिवशंकर अग्रवाल, मुकेश उपाध्याय, दिनेश गोल्छा, नन्दकिशोर राठी (मारुती ग्रुप) ले कार्यसमिति सदस्य प्रतिक राउतलाई स्वागत गरेका थिए । संगठनमा १४ सदस्य पदाधिकारी र सदस्य निर्वाचित हुने व्यवस्था छ ।
नवनिर्वाचित अध्यक्षले १ महिला सहित ३ जनालाई कार्यसमिति सदस्यमा मनोनीत गर्ने व्यवस्था छ । अब प्रतिक राउतले उद्योग संगठन मोरङ मार्फत उद्योगीको समस्या उठान गरेर तीन तहकै सरकार मार्फत समाधान गराउने कार्यमा क्रियाशील रहने छ । संगठनका कार्यसमिति सदस्य प्रतिक राउत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतका जेठा छोरा हुन ।
विराटनगरका प्रतिष्ठित औद्योगिक घराना शिवम् अर्गनाइजेशन प्रा. लि. का निर्देशक प्रतिक राउत एक दर्जन भन्दा बढी उद्योगको जिम्मेवारी सम्हाली रहेका छन् । संगठनका कार्यसमिति सदस्य प्रतिक राउतका बुवा वरिष्ठ उद्योगी राजेन्द्र राउत मोरङ उद्योग व्यापार संघमा वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका छन् ।
शिवम् अर्गनाइजेशन प्रा. लि. का अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघको वरिष्ठ उपाध्यक्ष पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका छन् । पछिल्लो समय राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाली रहनु भएको छ । राजेन्द्र राउतको कार्यकाल १ वर्ष बाँकी छ ।
२ वर्षको अवधिमा महासंघ कोशी प्रदेश समितिको करिब ४ करोड रुपैयाँको लागतमा बुढिगंगा गाउँपालिकामा अढाई तल्ले आफ्नै भवन निर्माण भइरहेको छ । महासंघको भवन निर्माणका लागि उद्योगी व्यवसायीहरूले स्वतस्फुर्त रूपमा १ करोड भन्दा बढी रकम सहयोग गरिसकेका छन् । र सहयोग निरन्तर जुटिरहेका छन् ।