नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष वर्तिका खेतानको कार्यकाल सुरु

  • चिरफार डटकम, विराटनगर ३४४  पटक हेरिएको

शुक्रबार, आषाढ ०६, २०८२ समय : १४:५६:४२ , ५ घन्टा अगाडि

नेपाल अग्रवाल महिला मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष वर्तिका खेतानको कार्यकाल सुरु भएको छ । नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष सहित पदाधिकारी र कार्यसमिति सदस्यको कार्यकाल २ वर्षको रहने व्यवस्था छ । नेपाल अग्रवाल महिला मञ्च विराटनगरका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यको पदस्थापन पछि अध्यक्ष वर्तिका खेतानको कार्यकाल सुरु भएको हो ।

मञ्चका अध्यक्ष खेतानको कार्यसमितिमा आशा तोदी प्रथम उपाध्यक्ष, बविता तोदी द्वितीय उपाध्यक्ष, सिमा पोदार सचिव, नितु तोदी र जया चौधरी सहसचिव, कविता संथालिया कोषाध्यक्ष, रन्जना खेतान महिला सशक्तिकरण सचिव, नितिका अग्रवाल स्वास्थ्य सचिव, राखी सिंघानिया सांस्कृतिक सचिव, ऋचा कागलीवाला शिक्षा सचिव र किरण सर्राफ प्रचार–प्रसार सचिव रहेका छन् । ब्रजलता चौधरी, कमला अग्रवाल, किरण अग्रवाल, पिंकी अग्रवाल, सिनु अग्रवाल, संगिता डाबर, दीप्तिका डाबर र कविता गोयल कार्यसमिति सदस्य रहेका छन् ।

रचना पोदार, उमा अग्रवाल र मञ्जु अग्रवाल कार्यसमितिको विशेष आमन्त्रित सदस्य रहेका छन् । अनिता कलकतिया, उमा अग्रवाल, मञ्जु अग्रवाल, सन्तोष तोदी र सुनिता अग्रवाल मञ्चका सल्लाहकार रहेका छन् । कार्यक्रममा उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवाल र मञ्चका निवर्तमान अध्यक्ष उमा चौधरीलाई सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय उपाध्यक्ष भिखमचन्द सरल, मोरङ व्यापार संघका पूर्व अध्यक्ष उद्योगी एवं समाजसेवी ताराचन्द खेतान, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानीले नवनिर्वाचित मञ्चका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।