
- चिरफार डटकम, विराटनगर ६१३ पटक हेरिएको
बुधबार, आषाढ ११, २०८२ समय : १२:०२:०३ , १ महिना अगाडि
विराटनगरको पुरानो एवं ऐतिहासिक विराटेश्वर शिव मन्दिरको अध्यक्षमा उद्योगी राजकुमार गोयल निर्वाचित भएका छन् । विराटेश्वर शिव मन्दिरको साधारण सभाको निर्णय बमोजिम उद्योगी गोयललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरिएको हो ।
विराटेश्वर शिव मन्दिरको अध्यक्ष निर्वाचित गर्न ३ सदस्य समिति गठन गरिएको थियो । समितिले उद्योगी गोयलको नाममा सहमति कायम गरे पछि उनी सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएको हो । यस अघि विराटेश्वर शिव मन्दिरमा उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवाल अध्यक्ष रहेका थिए ।
विराटनगरको विराटेश्वर शिव मन्दिर १ सय १ वर्षको पुरानो मन्दिर हो । मन्दिरका नवनिर्वाचित अध्यक्ष राजकुमार गोयलले केही दिन भित्र सबैलाई समेटेर कार्यसमिति विस्तार गर्ने बताए ।