
- चिरफार डटकम, विराटनगर २७५ पटक हेरिएको
शुक्रबार, आषाढ १३, २०८२ समय : १६:२६:१५ , ४ दिन अगाडि
शुक्रबारदेखि विराटनगरमा दुई दिने श्रावण मेला सुरु भएको छ । माहेश्वरी महिला मञ्च विराटनगरले दुई दिने श्रावण मेला आयोजना गरेको हो । विराटनगरस्थित अतिथि सदनमा शुक्रबारदेखि सुरु भएको दुई दिने श्रावण मेलाको शनिबार समापन हुनेछ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रावण मेलाको उद्घाटन गरे । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले अतिथि सदनमा सञ्चालित दुई दिने श्रावण मेलामा ३२ स्टल रहेको जानकारी गराइन ।
कुर्ता सलवार, साडी, कपडा, गहना, कस्मेटिकका सामानदेखि श्रावणका लागि आवश्यक श्रृङ्गारका सामान स्टलबाट बिक्री भइरहेको अध्यक्ष जाजुले बताए ।
माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुको अध्यक्षतामा आयोजित श्रावण मेलाको उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठी, अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा सारडा र माहेश्वरी महिला मञ्च विराटनगरका निवर्तमान अध्यक्ष पुनम राठी अतिथिको रूपमा सहभागी थिए ।