
- चिरफार डटकम, विराटनगर ४९३ पटक हेरिएको
शनिबार, आषाढ १४, २०८२ समय : १८:२१:३० , ३ दिन अगाडि
विराटनगरको अरनिको कलेजले कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय तर्फ १ हजार १ सय विद्यार्थी भर्ना लिने गरी तयारी सुरु गरेको छ ।
कलेजका प्रिन्सिपल राजेश कार्कीले कक्षा ११ तर्फ विज्ञान संकायमा १ हजार र व्यवस्थापन संकायमा १ सय गरी १ हजार १ सय विद्यार्थी भर्ना लिने बताए ।
कलेजका कार्यक्रम संयोजक विकास खनालले नयाँ भर्नाका लागि असार १९ गते बिहीबार बिहान ८ बजेदेखि प्रवेश परीक्षा लिने तयारी सुरु गरिएको बताए ।
असार १९ गते बिहीबार प्रवेश परीक्षा दिन छुटेका विद्यार्थीको हकमा त्यसको २ दिन पछि पुनः प्रवेश परीक्षा लिने खनालले बताए । विज्ञान संकाय तर्फ अरनिको कोशी प्रदेशको पहिलो र नेपालकै उत्कृष्ट कलेज हो ।
२०८१ सालमा विज्ञान संकाय तर्फ कक्षा १२ को घोषित नतिजा अनुसार तेजस्वी आचार्य र राकेशकुमार साहले ३.९६ जिपिए अंक ल्याएर नेपाल प्रथम भएका थिए । कोशी र मधेश प्रदेशका विद्यार्थीहरूको पहिलो रोजाई अरनिको कलेज हुने गरेको छ ।
फोकस नेपालले असार ७ गते काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विराटनगरको अरनिको कलेजलाई नेपालकै उत्कृष्ट कलेज घोषणा गर्दै शिक्षा पुरस्कार २०८२ प्रदान गरेका थिए ।