“टपर मात्र होइन अत्यन्त कमजोर जिपिए ल्याएका विद्यार्थीलाई उत्कृष्ट रिजल्ट दिने शिक्षादीपको लक्ष्य”

  • ब्रह्मदेव यादव, विराटनगर ३४४  पटक हेरिएको

आइतबार, आषाढ १५, २०८२ समय : १६:१३:०० , २ दिन अगाडि

इस.ई.ई.का टपर मात्र होइन अत्यन्त कमजोर जिपिए अंक ल्याएका विद्यार्थीलाई प्लस टु मा भर्ना गरेर उत्कृष्ट रिजल्ट दिने शिक्षादीप कलेजको मुख्य लक्ष्य रहेको छ । यही लक्ष्यका साथ ज्ञानबहादुर खड्का सहितको समूहले २०६४ सालमा विराटनगरमा शिक्षादीप कलेजको स्थापना गरेका थिए ।

२०६४ सालमा व्यवस्थापन संकाय र २०६५ सालमा विज्ञान संकाय तर्फको अध्ययन सुरु गरेको शिक्षादीप कलेजले १८ वर्ष अवधिमा कोशी प्रदेशको एक नम्बर र नेपालको उत्कृष्ट कलेजको रूपमा परिचित गराउन सफल भएका छन् । शिक्षक संस्थापक संचालक रहेको शिक्षादीप कलेज निजी क्षेत्रको विराटनगरको पहिलो कलेज हो ।

दर्जनौँ शिक्षक मिलेर शिक्षादीप कलेजको स्थापना गरिएको थियो । विज्ञान संकाय र व्यवस्थापन संकायमा अब्बल शिक्षादीप कलेजले प्रत्येक विषय अध्यापनका लागि ४ देखि ५ जना पूर्णकालीन शिक्षक नियुक्त गरेका छन् । शिक्षादीप कलेजको प्रतिशपधी थिम नै मेन थिम हो ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई शैक्षिक हब बनाउन शिक्षादीप कलेजको ठुलो देन छ । एम.बि.बि.एस., इन्जिनियरिङ र आइटीमा प्रत्येक वर्ष सबै भन्दा बढी शिक्षादीप कलेजका विद्यार्थी नाम निकालेर अध्ययन गरिरहेको रेकर्ड छ । एम.बि.बि.एस., इन्जिनियरिङ र आइटीमा लगातार ४ वर्षदेखि सबै भन्दा बढी विद्यार्थीले नाम निकालेको रेकर्ड शिक्षादीप कलेजकै नाममा छ ।

एम.बि.बि.एस., इन्जिनियरिङ, आइटी र बि.एस.सि. नर्सिङ तर्फ टप १०० को लिस्टमा ४ देखि ५ जना विद्यार्थीले नाम निकालेर अध्ययन गरिरहेको रेकर्ड शिक्षादीप कलेजकै नाममा छ । अध्ययन, अध्यापनमा मात्रै नभई वैज्ञानिक आविष्कारदेखि वातावरण सम्मेलन, खेलकुद र अतिरिक्त क्रियाकलाप तर्फ शिक्षादीप कलेज निकै नै अगाडी छ ।

शिक्षादीप कलेजले लगातार ३ वर्षदेखि कोशी प्रदेश स्तरीय वातावरण सम्मेलनको आयोजना गर्दै आइरहेका छन् । शिक्षादीप कलेजका विद्यार्थी, वैज्ञानिक आविष्कारमा निकै नै अगाडी छ । केही समय अगाडी शिक्षादीप कलेजका विद्यार्थीले वैज्ञानिक सेमिनारको आयोजना गरेर प्लेन, रोबर्ट निर्माण गरेर सफल परीक्षण गराएका थिए ।

त्यही शिक्षादीप कलेजले २०८२ सालमा विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ १ हजार १ सय विद्यार्थी मात्र भर्ना लिने तयारी गरेको छ । शिक्षादीप कलेजका संचालक एवं प्रिन्सिपल ज्ञानबहादुर खड्काले विज्ञान संकाय तर्फ ७ सय ५० र व्यवस्थापन संकाय तर्फ ३ सय ५० गरी १ हजार १ सय विद्यार्थी मात्र भर्ना लिने जानकारी गराए ।

शिक्षादीप कलेजले असार १८ गते बुधबार बिहान ७ः३० देखि विज्ञान संकाय तर्फको प्रवेश परीक्षा लिने तयारी गरेको छ ।