
- चिरफार डटकम, विराटनगर १७२ पटक हेरिएको
सोमबार, आषाढ २३, २०८२ समय : १७:५९:२४ , ७ घन्टा अगाडि
सोमबार विराटनगरमा पूर्व राजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सव मनाएका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले सोमबार विराटनगर ९ स्थित पुरानो गुद्री बजार नजिक सिल धर्मशालामा आयोजना गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सवमा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष, नेपाल विद्त परिषद्का केन्द्रीय उपाध्यक्ष तथा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहाल, एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका सल्लाहकार एवं नेपाल विद्त परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल र संघर्ष समितिका सल्लाहकार एवं नेपाल सद्भावना मञ्चका केन्द्रीय अध्यक्ष एवं नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्री बद्रीप्रसाद मण्डलले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था असफल भई सकेको अवस्थामा देशलाई अगाडि बढाउन पूर्व राजा ज्ञानेन्द्र शाह र राजसंस्थाको आवश्यकता रहेको बताए ।
जन्मोत्सव समारोहमा एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका वरिष्ठ सचिव पुष्पराज दाहाल लगायतका वक्ताहरूले नेपालमा पूर्व राजसंस्था फर्काउन जनता सडकमा उत्रिनु पर्ने कुरामा जोड दिएका थिए ।