गोल्डेनको शल्यक्रियामा ५० प्रतिशत छुटको व्यवस्था

  • ब्रह्मदेव यादव, विराटनगर ५६४  पटक हेरिएको

बिहिबार, आषाढ २६, २०८२ समय : १५:५८:५२ , २ दिन अगाडि

विराटनगरको गोल्डेन हस्पिटलले बिरामीलाई छुटै छुट दिने व्यवस्था गरेको छ । बिरामीलाई छुटै छुटको व्यवस्था दिने गोल्डेन विराटनगरको निजी क्षेत्रको पहिलो हस्पिटल बनेको छ । गोल्डेन हस्पिटलबाट सेवा प्रवाह भइरहेको सबै किसिमको रोगको शल्यक्रियामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

जसले गर्दा मोटो रकमको जोहो गर्न नसक्दा रोग पालेर बस्नु पर्ने अवस्थाको समेत अन्त हनु लागेको छ । गरिब तथा निम्न आयस्तर भएका व्यक्तिले सस्तोमा उपचार पाउने गोल्डेन हस्पिटलले वातावरण तयार पारिदिएको हो । गोल्डेन हस्पिटल सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर सबै प्रकारका रोगको प्याकेजमै शल्यक्रिया भइरहेको बताए । गोल्डेन हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियार र हस्पिटलका बोर्ड अफ डाइरेक्टर सनातन मण्डल पत्रकार सम्मेलनमा उपस्थित थिए ।

गोल्डेन हस्पिटलका प्रबन्ध निर्देशक डा. रौनियारले सबै प्रकारका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए । शल्यक्रियाका लागि चाहिने औषधि सिधै औषधि उत्पादक कम्पनीबाट आइरहेकोले शल्यक्रिया सस्तो भएको डा. रौनियारले बताए । एक बिरामीको शल्यक्रिया गर्दा १० देखि २० हजार रुपैयाँसम्मको औषधि चाहिन्छ ।

५० प्रतिशत छुटमा औषधि आइरहेकोले जसको कारण शल्यक्रिया सस्तो भएको डा. रौनियारले बताए । शल्यक्रिया मात्रै होइन सबै प्रकारका रोगका बिरामीलाई छिटो छरितो सेवा प्रवाह भइरहेको डा. रौनियारले बताए । पत्रकार सम्मेलनमा डा. रौनियारले भने: विराटनगरका नाम चलेका अस्पतालले बिरामीलाई एक महिनासम्म पालो पर्खाएर गरिरहेको शल्यक्रिया गोल्डेन हस्पिटलबाट ३ दिन भित्र सम्पन्न भइरहेको छ ।

Screenshot

गोल्डेन हस्पिटलसँग फुलटाइ काम गर्ने दक्ष विशेषज्ञको टोली छ । जस्तो सुकै शल्यक्रियाका लागि भर्ना भएका बिरामी बढीमा ३ दिन भित्र शल्यक्रिया गराएर घर फर्किरहेका छन् । यो गोल्डेन हस्पिटलको मात्रै नभई स्वास्थ्य क्षेत्रको ठुलो विशेषता हो । डा. रौनियारले २० हजार रुपैयाँमा हाइड्रोशीलको शल्यक्रिया, २० हजार रुपैयाँमा अपेडिक्सको शल्यक्रिया, २५ हजारमा पाठेघरको शल्यक्रिया, १५ हजारमा सिजेरियन डेलिभरी, ५ हजारमा सामान्य डेलिभरी, ३५ हजारमा फेस तथा अनुहारको शल्यक्रिया, २५ हजारमा कानको जाली फुटेको शल्यक्रिया, २५ हजारमै मुत्रनालिमा भएको पथरिको शल्यक्रिया, ३० हजारमा टनशीलको शल्यक्रिया, ३० हजारमा नाक बाङ्गो भएको शल्यक्रिया, ३५ हजारमा किड्नीको पथरिको शल्यक्रिया र ४० हजारमा पित्तथैलीको पथरीको प्याकेजमै शल्यक्रिया भइरहेको बताए ।