
- ब्रह्मदेव यादव, विराटनगर १८५ पटक हेरिएको
आइतबार, आषाढ २९, २०८२ समय : १३:०१:४६ , ९ घन्टा अगाडि
विराटनगरको अरनिको कलेजलाई तेस्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ । विज्ञान संकाय तर्फ अरनिको कोशी प्रदेशको पहिलो र नेपालको टप २० भित्र पर्ने उत्कृष्ट कलेज हो । अरनिको कलेजले तेस्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड प्राप्त गर्ने कोशी प्रदेशको पहिलो कलेज पनि हो ।
विज्ञान संकाय तर्फ कक्षा ११ र १२ मा कोशी प्रदेशबाट उत्कृष्ट नतिजा निकाल्न सफल अरनिको कलेजलाई केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड २०८२ प्रदान गरिएको हो । काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व शिक्षा मन्त्री उमेश श्रेष्ठले अरनिको कलेजका प्राचार्य राजेश कार्कीलाई अवार्ड प्रदान गरेका थिए ।
नेपाल अधिराज्य भरीबाट २० वटा प्लस टु अग्रस्थानमा रहेका छन् । जसमध्ये कोशी प्रदेशबाट १ मात्र अरनिको प्लस टुले आफूलाई बेस्ट प्लस टु को सूचिमा उभ्याउन सफल भएका छन् । अरनिको कलेजका तेजस्वी आचार्य र राकेशकुमार साहले २०८१ सालको नतिजा अनुसार कक्षा १२ मा विज्ञान संकाय तर्फ ३.९६ जिपिए अंक ल्याएर नेपाल प्रथम भएका थिए ।
मेडिकल, इन्जिनियरिङ, बि.एस.सी. नर्सिङ, बि.डि.एस., अप्ट्रिमेट्रि, सीए, एग्रिकल्चर तर्फ अरनिको कलेजमा अध्ययन गरेका विद्यार्थीले उत्कृष्ट नजिता निकाल्न सफल भइरहेका छन् । अरनिको कलेजका प्राचार्य राजेश कार्कीले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावको मेहनतका कारण कलेज यो उचाइ प्राप्त गरेको बताए ।
विदेशका विद्यार्थीलाई कसरी भित्र्याउने विषयलाई लिएर काठमाडौँमा आयोजना गरिएको सेमिनारमा शिक्षा मन्त्री रघुजी पन्त, पूर्व शिक्षा मन्त्री उमेश श्रेष्ठ, विद्या भट्टराई छलफलमा सहभागी भएका थिए ।