विराटनगरमा नबन्ने भयो, अन्तर्राष्ट्रिय बिमानस्थल

  • ... ५३२  पटक हेरिएको

सोमबार, फाल्गुण ०१, २०७९ समय : १६:४६:३१ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

विराटनगरलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने निर्णयबाट सरकार पछाडी फर्केको छ । सरकारको यो निर्णय संगै विराटनगर विकासमा पछाडी परेको छ । १ नं. प्रदेश वासीले विराटनगर अन्तर्राष्ट्रिय बिमानस्थल भएपछि विराटनगरबाटै अन्तर्राष्ट्रिय स्तरमा आफ्ना उत्पादन पु¥याउने सपना समेत चकनाचुर भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदिप अधिकारीले सोमबार विराटनगर विमास्तलको नयाँ टर्मिनल भवनको सिलन्यास समारोहमा अब विराटनगर अन्तर्राष्ट्रिय बिमानस्थल नबन्ने स्पष्ट पारे । अब विराटनगर बिमानस्थल संग मौजुदा रहेको जग्गामानै १७७० मिटरको धावन मार्ग बन्ने छ । र त्यहि धावन मार्ग अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा परिणत हुने महानिर्देशक अधिकारीले बताए ।

यतिखेर विराटनगर बिमानस्थलमा १५०० मिटरको धावन मार्ग रहेको छ । र विराटनगर बिमानस्थल संगै मौजुदा रहेको जग्गामा २७० मिटर धावन मार्गको लम्बाई बढाउने गरी निर्माण कार्य अगाडी बढाईएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार विराटनगरमा बन्न लागेको नयाँ टर्मिलन भवन र नयाँ धावन मार्गको डिजाइन सार्वजनिक गरे ।

सरकारले १५०० मिटर धावन मार्गको लम्बाई बिस्तार गरी २५०० मिटर धावन मार्गको अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणकोलागि अधिग्रहण गर्ने जग्गाको मुअब्जा ५० प्रतिशत केन्द्रिय सरकार, ४० प्रतिशत प्रदेश सरकार र १० प्रतिशत स्थानिय सरकार विराटनगर महानगरपालिकाले तिर्ने त्रिपक्ष सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

जसकालागि विराटनगर बिमानस्थल आसपास बसोवास गरिरहेका सर्वसाधारणको घरजग्गा रोक्का गरेर मुअब्जा दिने निर्णयबाट समेत सरकार पछाडी हटेको छ । र केही दिन अगाडी सरकारले विराटनगर बिमानस्थल आसपास रोक्का गरेर राखेको सर्वसाधारणको घरजग्गा फुकुवा गरेको छ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरलाई विकासमा पछाडी पार्न खोज्ने शक्तिले विराटनगरलाई अन्तर्राष्ट्रिय बिमानस्थल बन्न नदिएको प्रतिक्रिया दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उद्योगी राजेन्द्र राउतले विराटनगर अन्तर्राष्ट्रिय बिमानस्थल नहुँदा १ नं. प्रदेश वासी अझै दशको विकासमा पछाडी धकेलिएको बताए ।

विराटनगर बिमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास समारोहमा संघिय सरकारका सांस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सहभागिता रहेको थियो ।