शिक्षादिपलाई नेपालको १ नम्बर कलेज बनाउने अभियानमा लागेको छु– खड्का

  • ब्रह्मदेव यादव, विराटनगर १७७  पटक हेरिएको

शुक्रबार, साउन ०२, २०८२ समय : १८:४३:३१ , १६ घन्टा अगाडि

विराटनगरको शिक्षादिप कलेजलाई नेपालको १ नम्बर कलेज बनाउने अभियानमा लागिपरेको प्राचार्य ज्ञानबहादुर खड्काले बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरको ठुलो शिक्षण संस्था शिक्षादिप कलेजले शुक्रबार विज्ञान संकाय तर्फ कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य खड्काले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

२०६५ सालदेखि विज्ञान संकाय तर्फको अध्ययन अध्यापन सुरु गरेको शिक्षादिप कलेजले २०८२ सालमा प्रवेश गर्दा कलेजले शुक्रबार विज्ञान संकाय तर्फ कक्षा ११ मा भर्ना भएका १८औं ब्याच समूहका १ हजार ५३ जना विद्यार्थीलाई स्वागत गरेका छन् । शिक्षादिप कलेजले मात्रै होइन कलेजमा अध्ययनरत विज्ञान संकाय तर्फ कक्षा १२ का विद्यार्थीहरूले समेत कक्षा ११ का विद्यार्थीहरूलाई गीत, नृत्यले स्वागत गरेका थिए ।

 

शिक्षादिप कलेजले यही साउन ५ गते सोमबारदेखि सुरु गर्न लागेको पटनपाठन र पालना गर्नुपर्ने नियमको बारेमा जानकारी गराउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरेका थिए । नेपालकै ख्याती प्राप्त उत्प्रेरक डा. नविन शर्मा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

उत्प्रेरक डा. शर्माले विद्यार्थीलाई सफल बन्नको लागि  कडा मेहनत गर्न सुझाव दिए । अडिट रिपोर्ट अनुसार विराटनगर महानगरपालिकाको वडा नं. ९ मा शिक्षादिप कलेजसँग ३५ करोड रुपैयाँ बराबरको चलअचल सम्पत्ति छ । साथै विद्यार्थीलाई अध्ययन अध्यापन गराउनका लागि सुविधा सम्पन्न आफ्नै भवन छ ।

शिक्षादिप कलेजका २१ जना शेयर सदस्य रहेका छन् । जसमध्ये १९ जना विज्ञ शिक्षक रहेका छन् । र सबै विज्ञ शिक्षक विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ अध्यापन गराई रहेका छन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं कोशी प्रदेशका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली शिक्षादिप कलेज संचालक समितिका अध्यक्ष रहेका छन् ।