
- ब्रह्मदेव यादव, विराटनगर ६९० पटक हेरिएको
आइतबार, साउन ०४, २०८२ समय : १४:२७:०२ , २ हप्ता अगाडि
विराटनगरका मारवाडी समुदायले शनिबार अन्तरक्रिया तथा बृहत छलफल कार्यक्रम सम्पन्न गरेका छन् । मारवाडी समुदायको इतिहास भाषा, संस्कृतिको जर्गेना, विकृति, विसङ्गति तथा असमानता अन्तका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले बताए ।

विराटनगरका मारवाडी समुदायले विकृति, विसङ्गति तथा असमानताका विरुद्ध पहिलो पटक छलफल कार्यक्रम आयोजना गरेको हो । मारवाडी समुदायका युवा पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुने प्रवृत्ति बढेको र विदेशमा अध्ययन पुरा गरिसकेपछि फर्केर नेपाल नआउने विषयलाई लिएर मारवाडी समुदायका संघ संस्था र समाजका विशिष्ट व्यक्तिहरूले गम्भीर रूपमा छलफल गरेका छन् ।

विराटनगरका मारवाडी समुदायका १७ घटक संघ संस्थाका पदाधिकारी र समाजका विशिष्ट व्यक्तहरू छलफल कार्यक्रममा सहभागी थिए ।

नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, सभाका पूर्व अध्यक्ष देवकिनन्दन अग्रवाल, सभाका सल्लाहकार श्रवण अग्रवाल, समाजका विशिष्ट व्यक्तिहरू, सुरेशकुमार शर्मा, ताराचन्द खेतान, भिखमचन्द सरल, बेनीगोपाल मुन्दडा, मोहनलाल शर्मा, खेमचन्द्र जैन, फुलकुमार लालवानी, घनश्याम काबरा, पृथ्वी अग्रवाल, चम्पालाल राठी, लक्ष्मण नेवटीया, जुगलकिशोर राठी, बजरंग बाहेती, घनश्याम राठी, पवन सुराना, विजय तोदी, राजकुमार बेनिवाल, शिवरतन जोशी, आनन्द जाजु, अमिता पेडिवाल, अनिता सोनी छलफल कार्यक्रममा सहभागी थिए ।

नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, महासचिव राजेश अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष बर्तिका खेतान र नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले छलफलमा सहभागी संघसंस्थाका पदाधिकारी र समाजका विशिष्ट व्यक्तिहरूलाई स्वागत गरेका थिए ।