आन्तरिक राजश्व कार्यालय इटहरीद्वारा ८७.१४ प्रतिशतले राजश्व असुली

  • चिरफार डटकम, विराटनगर २८१  पटक हेरिएको

बुधबार, साउन ०७, २०८२ समय : १३:३२:०९ , १ हप्ता अगाडि

आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीले आर्थिक वर्ष २०८१/०८२ मा ८७.१४ प्रतिशतले राजश्व असुली गरेका छन् । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेका छन् ।
जुन १२ प्रतिशतले बढी राजश्व असुली भएको हो । आन्तरिक राजश्व कार्यालय इटहरी, सुनसरीका प्रमुख कर अधिकृत लवकुमार अधिकारीले आर्थिक वर्ष २०८१/०८२ मा ५ अर्ब ८० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ५ अर्ब ६ करोड रुपैयाँ राजश्व असुली भएको जानकारी गराए ।
प्रमुख कर अधिकृत अधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १००.१ प्रतिशतले राजश्व असुली भएको बताए । आय कर तर्फ ८३.७ प्रतिशत, अन्तःशुल्क तर्फ ८३.६ प्रतिशत र ब्याज कर तर्फ ४ करोड ९४ लाख २४ हजार रुपैयाँ राजश्व असुली भएको प्रमुख कर अधिकृत अधिकारीले बताए ।