विराटनगरमा दुई दिने श्रावण मेला सुरु

  • चिरफार डटकम, विराटनगर ४९०  पटक हेरिएको

शुक्रबार, साउन ०९, २०८२ समय : १३:२०:३८ , ६ दिन अगाडि

शुक्रबारदेखि विराटनगरमा २ दिने श्रावण मेला सुरु भएको छ । शनिबार श्रावण मेलाको समापन हुनेछ । नेपाल अग्रवाल महिला मञ्च विराटनगरले विराटनगर–९ स्थित सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा श्रावण मेलाको आयोजना गरेका छन् । श्रावण मेलामा ४३ वटा स्टलबाट लत्ताकपडा र श्रृंगारका सामान बिक्री भइरहेका छन् । ३५ वटा नर्मल स्टल र ८ वटा एसी स्टल रहेका छन् ।

श्रावण महिनामा महिलाका लागि चाहिने अति आवश्यक सामग्री श्रावण मेलाबाट खरिद गर्ने उद्देश्यका साथ श्रावण मेलाको आयोजना गरिएको नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष बर्तिका खेतानले बताइन । घरेलु महिलाले उत्पादन गरेको सामग्रीलाई प्रोत्साहन गर्ने श्रावण मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष खेतानले बताए ।

सिन्धारा, झुला र मेहन्दी श्रावण मेलाको मुख्य आकर्षण रहेका छन् । मारवाडी महिलाले श्रावण महिनामा यी तिनवटै विषयलाई महत्वका साथ मनाउने गरिन्छ । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले शुक्रबार श्रावणको उद्घाटन गरेका छन् । मेयर कार्कीले श्रावण मेलाको स्टलबाट हातमा मेहन्दी लगाएर विदा भएकी थिन ।

नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष बर्तिका खेतान, उपाध्यक्ष बविता कायल तोदी, सचिव सिमा पौदार, कार्यक्रम संयोजिका राखी सिंघानिया, कोषाध्यक्ष कविता सन्थलिया, मञ्चका निवर्तमान अध्यक्ष उमा चौधरी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, सभाका पूर्वअध्यक्ष देवकिनन्दन अग्रवाल, सभाका सल्लाहकार श्रवण अग्रवाल, साहित्यकार लक्ष्मण नेवटीया, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, अतिथिको रूपमा श्रावण मेलामा सहभागी थिए । विराटनगरका वरिष्ठ समाजसेवी दिनबन्धु गोयल सहित उद्योगी तथा व्यापारी प्रतिष्ठान, बैंक तथा वित्तिय संस्थाहरूले श्रावण मेलालाई स्पोन्र्सर गरेका छन् ।