सेन्चुरी प्लाई उद्योगको नयाँ उत्पादन गर्जनउड प्लाई बजारमा

  • ब्रह्ममदेव यादव, विराटनगर ९५२  पटक हेरिएको

शनिबार, साउन १०, २०८२ समय : १७:५५:३९ , ५ दिन अगाडि

सेन्चुरी प्लाई उद्योग सुनसरीले नयाँ उत्पादन गर्जनउड ब्राण्डको प्लाई बजारमा ल्याएका छन् । सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको वडा नं. १ मा सेन्चुरी प्लाई उद्योग सञ्चालनमा रहेका छन् ।

५ वर्ष भित्र उद्योगले अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर थप दुई नयाँ उत्पादन बजारमा ल्याएका छन् । सेन्चुरी प्लाई उद्योगका डाइरेक्टर विकास अग्रवाल, गोपाल तोदी र हर्ष तोदीले शनिबार विराटनगरमा नयाँ उत्पादन गर्जनउड प्लाईको लन्च गरेका छन् ।

लन्च सँगै शनिबारदेखि नेपाल र भारतमा एक साथ गर्जनउड प्लाईको बिक्री सुरु भएको हो । ५ वर्षदेखि सेन्चुरी प्लाईको उत्पादन गरेर नेपाल र भारतमा बिक्री गरिरहेका उद्योगले पछिल्लो समय प्लाईबोर्ड को थप दुई नयाँ उत्पादन बजारमा ल्याएका हुन् ।

गर्जनउड प्लाई र जिरो एम्बिसन प्लाई अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेको उद्योगले दावी गरेको छ । सेन्चुरी प्लाई उद्योगबाट उत्पादन भइरहेको सबै प्रकारको उत्पादन नेपाल गुणस्तर चिन्ह (एन.एस.) र भारतको बि.आइ.एस. (आर.एस.आई.) प्राप्त गरेका छन् ।

नेपालको सङ्घीय संसददेखि ठुला ठुला विकास निर्माणका कार्यमा सेन्चुरी प्लाई प्रयोग भइरहेको डाइरेक्टर विकास अग्रवालले बताए । उद्योगले विक्रेता र मजदुरका लागि सिद्धार्थ इन्स्योरेन्स सँग सहकार्य गरेर वार्षिक रूपमा १ लाख रुपैयाँको स्वास्थ्य उपचार बिमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसै गरी विराटनगरको विराट नर्सिङ होम सँग सहकार्य गरेर मजदुरका लागि छुटमा उपचार सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सेन्चुरी प्लाई उद्योगका तर्फबाट डाइरेक्टर विकास अग्रवाल, गोपाल तोदी र हर्ष तोदी सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट सुशिल अटल र विराट नर्सिङ होमको तर्फबाट रचित तपडियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।