
- ब्रह्मदेव यादव, विराटनगर ४११ पटक हेरिएको
आइतबार, साउन ११, २०८२ समय : १८:२२:२० , ४ दिन अगाडि
विराटनगर भन्सार कार्यालय मार्फत आयात–निर्यात सम्बन्धी काम गरिरहेका शिवम् क्लियरिङ र जी.एस.एस.एस. इन्टरप्राइजेजले आइतबार भव्य समारोहको आयोजना गरेर ६औं वार्षिक उत्सव मनाएका छन् ।
शिवम् क्लियरिङ र जी.एस.एस.एस. इन्टरप्राइजेजले विराटनगर भन्सार कार्यालयको परिसरमा कार्यालय स्थापना गरेर उद्योगी तथा व्यापारिक प्रतिष्ठानको आयात–निर्यातको सामानलाई चेक जाँच पास तथा परिक्षण गराएर सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् ।
पि.एल.ओ. लुब्रिकेन्टका विराटनगर भन्सार प्रतिनिधि राकेशकुमार ठाकुरले शिवम् क्लियरिङ र जी.एस.एस.एस. इन्टरप्राइजेज स्थापना गरेका छन् । र दुवै क्लियरिङ संस्थाले आइतबार सामूहिक रुपमा ६औं वार्षिकोत्सव मनाएको हो ।
२६ वर्षदेखि पि.एल.ओ. लुब्रिकेन्ट कम्पनीका विराटनगर भन्सार प्रतिनिधि राकेश ठाकुरले २०७९ सालमा जी.एस.एस.एस. इन्टरप्राइजेजको स्थापना गरेका थिए ।
भन्सार प्रतिनिधि राकेश ठाकुरले विराटनगर भन्सार कार्यालय मार्फत ४० भन्दा बढी उद्योगी तथा व्यापारिक प्रतिष्ठानको सामान आयात निर्यात गराउने काम गरिरहेका छन् ।
विराटनगर भन्सार प्रतिनिधि राकेश ठाकुर र वहाँको श्रीमतीले शिवम् क्लियरिङ र जी।एस।एस।एस। इन्टरप्राइजेजको कार्यालयमा आइतबार वार्षिकोत्सवको अवसरमा पूजापाठ गरेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयस प्याकुलेर संगठनका वरिष्ठ उपाध्यक्ष एवं पि.एल.ओ. लुब्रिकेन्टका अध्यक्ष भोलेश्वर दुलाल, विराटनगर भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख रमेश खतिवडा, भन्सार अधिकृत, भन्सार कर्मचारी, उद्योगी तथा व्यापारी प्रहरी प्रशासनका उच्चपद श्रेणीका कर्मचारी भन्सार एजेन्ट वार्षिकोत्सव समारोहमा सहभागी थिए ।