
- ब्रह्मदेव यादव, विराटनगर ३०२ पटक हेरिएको
बिहिबार, साउन १५, २०८२ समय : १८:११:१८ , २१ घन्टा अगाडि
नेपाल सरकारले चोरी तस्करी रोकथाम र भन्सार राजश्व वृद्धिका लागि भन्सार नाकामा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल अवैध असुलीमा सक्रिय रहेको विराटनगर भन्सार कार्यालय निकट समाचार सूत्रले जानकारी गराएको छ ।
सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगर गुल्मका प्रमुख डिएसपी विकास खतिवडाले डियूटीका लागि आलोपालो प्रणाली अन्तर्गत परिचालन गर्ने गरिएको प्रहरी अवैध असुलीमा सक्रिय छ ।
सीमान्त क्षेत्र भारतको जोगबनी बजारमा लत्ताकपडादेखि खाद्यान्न सामग्री किनमेल गरेर नेपाल फर्किरहेका कारोबारीदेखि सर्वसाधारणको सामान दशगजा क्षेत्रमा नियन्त्रणमा लिएर जफत गरिरहेका छन् ।
सर्वसाधारणले विराटनगर भन्सार कार्यालयको यात्रु शाखामा पुगेर भन्सार राजश्व तिरेर मात्रै सामान नेपाल लान्छु भन्दा भन्दै सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मका तैनाथ डियूटी अधिकारीले दशगजा क्षेत्रबाट सर्वसाधारणको सामान जफत गरिरहेका छन् ।
यसरी जफत गरिएको सामानको हिसाब किताब स्वयम् सशस्त्र प्रहरीले नै राख्ने अख्तियारी प्राप्त गरेकोले ५० प्रतिशतसम्म विराटनगर भन्सार कार्यालयमा बुझाउने र ५० प्रतिशत सामान बिच बाटोबाट गायब भइरहेका छन् । यस विषयमा राज्यको सरोकारवाला निकाय चुपचाप छ ।
सशस्त्र प्रहरी बल रानी गुल्मले महिनामा प्रत्येक महिना करोडौँ रुपैयाँ बराबरको सर्वसाधारणको जफत गरिएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाउँदा त्यहाँबाट मोटो रकम कमिसन आइरहेको छ । र मोटो रकम कमिसन प्राप्त गर्ने लोभलाल्चा जागेका सशस्त्र प्रहरी ऐन कानुन विपरित रानी नाकाको दश गाजा क्षेत्रमा ब्यारेक खडा गरी सर्वसाधारणको सामान जफत गरिरहेका छन् ।
दिनभरी जफत गरिएको सामान मध्ये केही कारोबारी सँग अवैध असुली गरेर उनको सामान छोड्ने गरेको अन्य कारोबारीको गुनासो छ । केही कारोबारीलाई साँझको बेलामा सेटिङमा लाइन दिएर ति कारोबारीबाट प्रत्येक दिन मोटो रकम अवैध असुली गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल रानी गुल्म मातहत रहेको रानी नाका, दरैया नाका, इस्लामपुर नाका, मटेरुवा नाकाबाट कारोबारीलाई सेटिङमा लाइन दिएर अवैध असुली गरिरहेका छन् । सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मका प्रमुख विकास खतिवडा समाचार बारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।