
- ब्रह्मदेव यादव, विराटनगर १२३ पटक हेरिएको
आइतबार, साउन १८, २०८२ समय : १५:४४:१८ , ३ घन्टा अगाडि
कोशी प्रदेशमा ३७.३ प्रतिशत कृषि योग्य जमिनमा सिचाई सुविधा पुगेको छ । ६२.७ प्रतिशत जमिन अझै सिचाई सुविधा भन्दा बाहिर रहेको कोशी प्रदेश सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कोशी प्रदेश सरकारको खानेपानी, सिचाई तथा ऊर्जा मन्त्रालयका मन्त्री एकराज कार्की र सचिव प्रदिप वान्तवाले आइतबार पत्रकार सम्मेलन गरेर कोशी प्रदेश सरकार स्थापना भएको ८ वर्षको अवधिमा ३७.३ प्रतिशत कृषि योग्य जमिनमा सिचाई सुविधा पुगेको जानकारी गराए ।
दातृ निकाय एडीबीको सहयोगमा कोशी प्रदेशका १३ वटा जिल्लामा २७ वटा योजनाहरू सञ्चालनमा रहेको मन्त्री एकराज कार्कीले जानकारी गराए । सिचाई सुविधा नपुगेका कृषि भूमिमा सतह तथा भूमिगत सिचाईको माध्यमबाट सिचाई सेवा पुर्याउने तर्फ कोशी प्रदेश सरकारले काम गरिरहेको मन्त्री कार्कीको दाबी छ ।
पानी मुहानको संरक्षण, जल उत्पन्न प्रकोप रोकथाम तथा न्यूनीकरणका लागि सिचाई सम्बन्धी योजनाहरू सञ्चालनमा रहेको मन्त्री कार्कीले बताए । २९ वटा पानीका मुहान पोखरी र सिमसार संरक्षणको काम भइरहेको मन्त्री कार्कीले बताए ।