विराटनगरकी छोरी बिनिता भुतोडियालाई मारवाडी युवा मञ्चको सम्मान

  • ब्रह्मदेव यादव, विराटनगर २०९  पटक हेरिएको

आइतबार, साउन १८, २०८२ समय : १८:४०:११ , ३ घन्टा अगाडि

विराटनगरकी छोरी बिनिता भुतोडियालाई मारवाडी युवा मञ्च विराटनगरले आइतबार सम्मान गरेका छन् । बिनिता भुतोडिया विराटनगर निवासी खेमचन्द जैन र बिमलादेवी लालवानीका छोरी हुन् ।

भारतको कलकता निवासी ४९ वर्षीय भुतोडिया १५ वर्षदेखि केटलवेल खेल क्षेत्रमा सक्रिय रहेकी छिन् । भर्खरै इटालीमा सम्पन्न केटलवेल अन्तर्राष्ट्रिय प्रतियोगिता २०२५ मा बिनिता भुतोडियाले दोस्रो स्थान हासिल गर्न सफल भएकी थिइन ।

सन् २०१९ मा अस्ट्रेलियामा सम्पन्न केटलवेल अन्तर्राष्ट्रिय प्रतियोगितामा बिनिता भुतोडियाले प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन । इटालीको अन्तर्राष्ट्रिय प्रतियोगितामा ७ सय खेलाडीले सहभागीता जनाएका थिए ।

१६ केजी वजन समूह तर्फ बिनिता भुतोडियाले दोस्रो स्थान हासिल गर्न सफल भएकी थिन् । तिनै वर्ल्ड च्याम्पियन बिनिता भुतोडियालाई मारवाडी युवा मञ्च विराटनगरले सम्मान गरेको हो ।

संघिय सांसद एवं पूर्व मन्त्री अमनलाल मोदी, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, महासचिव मधुर दुगड, नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय कोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका पूर्व अध्यक्ष रचना राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले आइतबार विराटनगरमा बिनिता भुतोडियालाई सम्मान गरेका थिए ।