
- चिरफार डटकम, विराटनगर ३६५ पटक हेरिएको
मंगलबार, साउन २०, २०८२ समय : १३:१०:४१ , ९ घन्टा अगाडि
मोरंग चेम्बर अफ कमर्सको अध्यक्ष पदमा शिवप्रसाद रिजाल निर्वाचित भएका छन् । रिजाल यस अघि उपाध्यक्ष रहेका थिए । घनश्याम काबरा र तुलसीप्रसाद पोखरेल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सोमबार विराटनगरमा सम्पन्न मोरंग चेम्बर अफ कमर्सको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षद्वयलाई निर्वाचित गरेको हो ।
कृष्णप्रसाद दाहाललाई महासचिव पदको जिम्मेवारी दिइएको छ । दाहाल यस अघि पनि महासचिव रहेका थिए । सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोजकुमार मिश्र र सह-कोषाध्यक्षमा देवेन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् ।
जुगल किशोर राठी, विकास लालवानी, विजय सुराना, अञ्जलीदेवी श्रेष्ठ, दुर्गा रेग्मी, रितेश खनाल, सीतादेवी पराजुली, सुरेशकुमार भट्टराई, सुभाषप्रसाद रिजाल र चिरञ्जीवी पराजुली कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष यादव पोखरेलले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई स्वागत गरेका थिए ।